१४ जेष्ठ २०८०, आईतवार

एक महिलाले एकैपटक जन्माइन् ३ बच्चा

२०७७,माघ,२६,सोमवार १०:०८

0
Shares

काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाकी एक महिलाले तीन सन्तानलाई जन्म दिएकी छिन् ।

आइतवार चम्पादेवी गाउँपालिका ५ की सान्ता कार्की बुढाथोकीले एकैपटक एक छोरी र दुई छोरालाई जन्म दिएकी हुन् । प्रसूती बेथा लागेर स्थानीय फेदिगुठ स्वास्थ्य चौकीमा जाँर्दैगर्दा बाटोमै एक छोरीलाई जन्म दिएकी उनले अन्य दुई सन्तानलाई भने काठमाडौंस्थित थापाथली प्रसूती गृहमा पुगेपछि अप्रेसन मार्फत जन्माएको बिरामीका आफन्त मनोज बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीले एउटा सन्तानलाई सकुसल जन्म दिएपनि अन्य दुई सन्तानलाई जन्म दिन नसक्ने अवस्थामा पुगेपछि बिभिन्न व्यक्ति तथा निकायको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो । अहिले आमा र बच्चा सबैको अवस्था सामान्य रहेको पारिवारिक श्रोतले जनाएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार १०:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन्

गण्डकी । सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे)

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान शुरु गरेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको)

काठमाडौं । ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न

ताजा समाचार

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०