काठमाडौं । गएराति (आइतवार) बारामा एक महिलाको आफ्नै घरभित्र हत्या भएको छ ।
बाराको महागढीमाई नगरपालिका-१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।
उनको गालामा धारिलो हतियार प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।
मृतक कान्तिदेवीका श्रीमान बेलुका खाना खाएर बाहिर निस्किएका बेला हत्या भएको प्रहरीलाई बताएका छन् । उनका श्रीमानले प्रहरीलाई दिएको जानकारी अनुसार उनी खाना खाएर बाहिर निस्किएको र केहीबेरमा घर फर्किँदा श्रीमतीलाई मृत अवस्थामा फेला पारेका थिए ।
श्रीमतीलाई मृत अवस्थामा देख्नासाथ उनले प्रहरीमा खबर गरेका थिए ।
कान्तिदेवीका तीन छोरा र एक छोरी रहेका छन् । उनीहरु पढाइको शिलशिलामा जिल्ला बाहिर रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रदेशीक प्रहरी कार्यालय जनकपुरबाट खटिएको विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया