२७ जेष्ठ २०८०, शनिवार

हाइकिङले जगाएको आशा

२०७७,माघ,२६,सोमवार ०९:२८

0
Shares

गण्डकी । धेरै पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका तनहुँको शुक्लागण्डकी नगरपालिका–१ स्थित थप्रेक, व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोटलगायतका क्षेत्रमा हाइकर्स क्लब नेपालले गरेको हाइकिङले यहाँको पर्यटकीय विकासमा आशा जगाएको छ ।

हाइकिङका माध्यमबाट गण्डकी प्रदेशभित्रका पर्यटकीय गाउँको उजागर गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो १६ औँ शृङ्खला थप्रेकमा सम्पन्न गर्दै यहाँका प्रकृति र संस्कृतिका विविध पक्षको स्थलगत अध्ययन एवं अवलोकन गरेको क्लबका उपाध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए ।

धौलागिरि हिमालदेखि लमजुङ गोरखासम्मका हिमाल हुँदै पर्यटकीय नगरी पोखरा, तनहुँको सदरमुकाम दमौली आदिलाई एक साथ नियाल्न सकिने यी ठाउँ पर्यटकीयरूपमा उपयोग गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको उनले बताए ।

हाइकर्स क्लबको समूहलाई स्वागत गर्दै शुक्लागण्डकी–१ का वडाध्यक्ष रविचन्द्र पौडेलले थप्रेक, गलाफु भञ्ज्याङ, गलेखामकोटलगायतका धार्मिक पर्यटकीय गन्तव्यको प्रवर्द्धन आवश्यक भएको बताए । हाइकर्स क्लबको एक दिवसीय हाइकिङले आशा जगाएको उल्लेख गर्दै उनले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । यहाँका पर्यटकीय सम्भावनालाई उजागर गर्न पूर्वाधार विकासलगायतका कामलाई आफूहरू निर्वाचित भएपछि प्राथमिकतामा राखेर अघि बढाइएको उनको भनाइ थियो ।

धार्मिकरूपमा यहाँका विभिन्न स्थलको आफ्नै विशिष्टता भएको जानकारी दिँदै उनले धार्मिक आस्था र विश्वासका थप्रेक कोट, गलाफु शिवालय, गलेखामकोटका साथै लामो समय खडेरी परेमा पानी मागिने तीर्थस्थल माइको थान आदि र यहाँबाट देखिने हिमाली तथा पहाडी दृश्यले जो कोहीलाई लोभ्याउने बताए । थप्रेकमा रहेका ठूलाठूला गर्हा, पोखरी पनि यहाँको पहिचान भएको बताउँदै वडाध्यक्ष पौडेलले पर्यवरणीयरूपमा विशेष महत्व राख्ने पोखरीको संरक्षणलाई वडाले जोड दिएको बताए । काठेपिपल, सिलिङ्गे, पोखरी थोक, अर्चलेलगायतका स्थान दृश्यावलोकनका लागि आकर्षक गन्तव्य रहेको उनले जानकारी दिए ।

थप्रेक टोल विकास संस्थाका अध्यक्ष टलबहादुर गुरुङले पर्यटकीयरूपमा आकर्षक गन्तव्य भएर पनि यहाँको सम्भावनालाई पर्यटन बजारमा उपयोग गर्न नसकिएको धारणा राखे । ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ सदस्य नगेनसिंह ठकुरी, जुमबहादुर गुरुङलगायतले यस क्षेत्रका सम्भावनालाई उजागर गर्नसके पर्यटन यहाँको समृद्धिका लागि महत्वपूर्ण आधार बन्न सक्नेमा जोड दिए ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार ०९:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लगानीकर्ताहरुको लागि यो साता धितोपत्र बजार बिगतको तुलनामा धेरैहदसम्म सुखद देखिएको छ । अर्थमन्त्रालय अन्र्तगतको राजश्व महाशाखाले सेयर

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा कम्पनीका अध्यक्ष सुभाष

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबार लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८२ पैसा र

प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि तय गरिएको संघीय संसद

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०