१४ जेष्ठ २०८०, आईतवार

चट्याङका कारण जाजरकोट सञ्चार विहिन

२०७७,माघ,२६,सोमवार ०८:५३

0
Shares

जाजरकोट । सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्याएपछि जाजरकोट छ वटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ । जिल्लाका छेडागाड, नलगाड, बारेकोट, जुनिचाँदे, कुशे र शिवालय गाउँपालिकामा रहेका आमनागरिक चार दिनदेखि सञ्चार सेवाबाट वञ्चित भएका हुन् । एकैपटक जिल्लाका पाँच ठाउँमा रहेका टेलिफोन टावरमा सल्लाभीरबाट सिग्नल प्रसारण नहुँदा सञ्चार सेवा विच्छेद भएको हो । टावरमा चट्याङ परेकाले मर्मत गर्न केही समय लाग्ने टेलिकम जाजरकोटले जनाएको छ ।

सल्लाभीरमा टावर हेर्नका लागि कुनै पनि व्यवस्था नहुँदा पटकपटक समस्या आउने गरेको छ । नयाँ निर्माण गर्ने भनिएका टावर समयमै निर्माण नहुँदा अर्को समस्या हुँदै आएको हो । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । रुकुम–पश्चिमको घेत्मा रहेको टावरलाई सल्लाभीरकै टावरले सिग्नल दिने भएकाले त्यहाँ अवरुद्ध भएको हो ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार ०८:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन्

गण्डकी । सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे)

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान शुरु गरेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको)

काठमाडौं । ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न

ताजा समाचार

यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०