२२ जेष्ठ २०८०, सोमवार

सुदूरपश्चिम प्रदेशसभाको सातौं अधिवेशन आजदेखि शुरु

२०७७,माघ,२६,सोमवार ०८:४९

0
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको सातौं अधिवेशन आज सोमवारदेखि शुरु हुँदैछ । बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि आजदेखि प्रदेशसभाको हिउँदे अधिवेशन हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ।

दिउँसो १ बजे बस्ने बैठकमा सरकारबाट तर्फबाट पेश भएका विभिन्न ३ वटा विधेयक टेबुल गर्ने कार्यसूची तय भएको छ। दाहाल-नेपाल र ओलीसमूह अनौपचारीक विभाजित भएपछि पहिलो पटक बस्न लागेको प्रदेशसभा बैठकलाई चासोका साथ हेरिएको छ।

गत पुस १४ गते मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका थिए। त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले राजीनामा दिएका थिए। आकांक्षी धेरै हुँदा मुख्यमन्त्रीले सरकार रिक्त मन्त्रालयमा अहिलेसम्म मन्त्री नियुक्त गर्न सकेका छैनन्।

३७ सदस्यसहित प्रदेशसभामा दुई तिहाइ प्रदेशसभा सांसद रहेको नेकपा विभाजनपछि दुई समूहमा विभाजित भएका छन्। दाहाल-नेपाल समूहसँग ३० जना र ओली समूहसँग ७ जना प्रदेशसभा सदस्य रहेका छन।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार ०८:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०