२७ जेष्ठ २०८०, शनिवार

पिरो मन पर्दैन ? यस्ता छन् खुर्सानीका फाइदाहरु

२०७७,माघ,२६,सोमवार ०७:२७

0
Shares

काठमाडौं । पिरो खुर्सानु प्राय धेरै मानिसहरुलाई मन पर्दैन । तर पिरो खुर्सानीका केही गुणकारी फाइदाहरु पनि छन् । सन्तुलित ढंगले खाँदा खुर्सानीले पनि फाइदा गर्ने विज्ञहरुको धारणा छ । यस्ता छन् खुर्सानी खानुका फाईदाः

चिसोबाट बचाउछः
खुर्सानीको विशेषता पिरो र तातो हो । यसले शरिरलाई चिसो हुनबाट जोगाउछ । चिसो पेट फुलेको छ भने खुर्सानी राखेका परिकारले शरिरलाई फाईदा गर्छ ।

खाना पचाउन सहयोग गर्छः
विज्ञहरुका अनुसार खुर्सानीले पाचन पक्रियामा पनि सहयोग गर्छ ।त्यही भएर कतिपय चिनियाँ औषधीमा केही मात्रामा खुर्सानी मिसाईन्छ ।

तौल घटाउछः
खुर्सानीले तौल घटाउन पनि सहयोग गर्ने विज्ञहरु बताउछन् । सन् १९९८ मा गरिएको एक अध्यनमा रातो खुर्सानीले मेटाबोलिजम बृद्धि गर्ने र शरिरको उर्जा छिटो उपयोग गर्ने जनाइएको थियो । रातो खुर्सानीले भोक घटाउने भएकोले तौल घटाउन प्रभावकारी मानिन्छ ।

क्यान्सरसँग लड्ने क्षमताः
सन् २००७ मा गरिएको एक अध्ययनमा खुर्सानीमा हुने क्युरकुमिनले क्यान्सरबिरुद्ध लड्न सहयोग गर्छ । नियमित खुर्सानी खाँदा प्रोटेस्ट क्यान्सर नहुने अध्ययनमा जनाइएको थियो । भारतीयमा प्रोटेस्ट क्यानन्सर तुलनात्मक रुपमा कम हुनु पनि उनीहरुको खुर्सानी खाने आदतसँग जोडिएको छ ।

फ्लुबाट जोगाउछ:
खुर्सानीले शरिरको तापक्रम बढाउने भएकोले फ्लुबाट जोगाउछ । पिरो खानेकुराले पिनासबाट हुने समस्याबाट जोगाउछ । खुर्सानीले दम र ब्रोनकाईटिसबाट जोगाउने पनि विज्ञहरु बताउछन् ।

कस्ता व्यक्तिले खुर्सानी नखाने ?
हरेक खानेकुराको फाईदा र बेफाईदा हुन्छ । तपाई खुर्सानी खान सक्नुहुन्छ भन्दैमा धेरै परिमाणमा खानु हुदैन । आवशयकता भन्दा बढी खुर्सानी खाँदा ज्यान तात्ने, तालु तथा आखा पोल्ने र निद लाग्दैन । गर्मी हुने मानिसलाई त खुर्सानी विष समान मानिन्छ । खुर्सानीले मुख सुख्खा हुने, मानसिक रुपमा तनाब बढाउने , शौच गर्न गाहो हुने, पेट पोल्नेलगायतका समस्या हुन्छन् । ब्लड प्रेसर, कलेजोको रोग, डाबिटिज, किड्नी र मुटुको रोग छ भने खुर्सानी सेबन गर्दा साबधानी अप्नाउनुपर्छ । पेटको अल्सर भएका, पेटमा संक्रमण, बाथ रोगीले खुर्सानी खानु हुदैन । त्यस्तै ज्वरो आउदा, घाँटी दुख्दा, खोकी लाग्दा खुर्सानी खानुहुन्न ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार ०७:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं उपत्यकाको उत्तरी भेगमा पर्ने तारकेश्वर नगरपालिकाको धार्मिक र ऐतिहासिक महत्व बोकेको पुरानो नेवारवस्ती मनमैजुमा रहेको मन्दिरमा एतिहासिक मनमैजु अजिमा

काठमाडौँमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये किराँत-लिच्छवीकालदेखि सुरु भएको भनिएको काठामाडौंको हाँडीगाउँ (नर:)मा गहना खोज्ने जात्रा (तिसा: मालिगु जात्रा) अरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०