अनुदानको खोप बढाइदिन भारतसँग आग्रह

RSS
0
Shares

काठमाडौँ– शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भारत सरकारलाई सम्भव भएसम्म कोरोनाविरुद्धको खोपको अनुदान कोटा थप बढाइदिन आफूले भारत सरकारका प्रतिनिधिसँग आग्रह गरेको बताएका छन् ।

भारत सरकारले नेपाललाई १० लाख डोज खोप सहयोग गरिसकेको छ । बहालवाला राज्यमन्त्रीमध्ये लामो अवधि गीत गाए वापत् ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ गराएपछि त्यसको प्रमाणपत्र लिन नयाँदिल्ली पुगेका मानन्धरले आज स्वदेश फर्केपछि उक्त जानकारी दिएका हुन् ।

उनले भारतसँगको दुईपक्षीय सम्बन्ध थप सुधार गर्न भारतीय पक्षबीच भएका वार्तामा कुराकानी भएको पनि जानकारी दिए । मानन्धरले गत पुस १० गते चार घन्टा पाँच मिनेट २० सेकेण्डसम्म लगातार गीग गाए उक्त रेकर्ड कायम गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?