काठमाडौँ– नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व गर्न अनुरोध गरेको स्पष्ट पारेका छन् ।
आइतवार राति एक टेलिभिजनसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । अध्यक्ष माधव नेपाल र आफूले देउवालाई यस्तो आग्रह गरेको उनले बताए । उनले आफूले प्रधानमन्त्रीको दाबी नगर्ने समेत बताएका छन् ।
यस्तै एक प्रसङ्गमा उनले नेत्रविक्रम चन्द विप्लबलाई प्रतिवन्ध हटाएर मात्रै वार्तामा ल्याउन सकिने बताए।