काठमाडौँ– नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली हार्न थालेको बताएका छन् ।
आइतवार राति एक टेलिभिजन कार्यकममा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधि सभा विघटन गरेको दिनदेखि ओलीको हारको दिन शुरू भएको बताएका हुन् । अध्यक्ष दाहालले ओलीमा गणतन्त्रप्रतिको धारणा अझै परिवर्तन नभएको टिप्पणी गरे ।
उनले आफू २०/२५ वर्षदेखि नेपाली राजनीतिको अग्रपंक्तिमा रहन पाउनु आफ्नो अहोभाग्य भएको बताए। एक प्रसङ्गमा उनले स्व. गिरिजाप्रसाद कोइरालालाई राष्टपति बनाउन नपाएकोमा पछुतो लागेको बताएका छन् ।