१३ आश्विन २०८०, शनिवार

एकताको चर्चाले देखियो प्रभाव, एकहजार ५०० एमालेमा प्रवेश

२०७४,आश्विन,१८,बुधबार ०६:१२

0
Shares

जितपुर, कपिलवस्तु, १८ असोज ।नेपाली राजनीति केही दिनयता वामपन्थी दलको एकताले तातेको छ भने यसको असर कपिलवस्तु जिल्लामा पनि परेको छ ।स्थानीय चुनावमा नेपाली काँग्रेससँग तालमेल गरेको नेकपा (माओवादी केन्द्र) एकाएक नेकपा (एमाले) सित चुनावमा तालमेलसँगै पार्टी एकता गर्ने निर्णय गरेपछि यहाँको राजनीति ह्वात्तै तातेको हो ।यसको प्रभाव गाउँगाउँसम्म परेको छ । काठमाडौँमा तीन वामपन्थी दलको एकताको घोषणा भइरहँदा यता कपिलवस्तुमा ठूलो संख्यामा विभिन्न पार्टी परित्याग गरी करिब एक हजार ५०० नेता तथा कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।एमाले कपिलवस्तुले मंगलबार पकडीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा निर्वाचित वडाध्यक्षसहित प्रभावशाली नेता एमालेमा प्रवेश गरेका हुन् ।महाराजगञ्ज नगरपालिका–१० का वडा अध्यक्ष शैलेन्द्र चौधरी, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा ५ नम्बर प्रदेशका कार्यवाहक अध्यक्ष इसरार मोहम्मद खाँन, माओवादी केन्द्रका केन्द्रीय सदस्य विनोद चौधरी, राजपाका जिल्लास्तरका नेता जगन्नाथ कुर्मी, नवीन चौधरीलगायत नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।वडाध्यक्ष चौधरी स्वतन्त्रबाट निर्वाचित भएका थिए । पार्टी प्रवेशीलाई एमालेका सचिव प्रदीप ज्ञवालीले टीका लगाएर स्वागत गरेका थिए ।सो अवसरमा छोटो मन्तव्य राख्दै उनले प्रदेश र संघको निर्वाचनमा जाँदा माओवादी केन्द्र पनि सूर्य चिह्न लिएर चुनाव लडेर देशव्यापी रुपमा केन्द्र र प्रदेशमा बहुमतको सरकार बनाउने दाबी गरे । 

प्रकाशित मिति: २०७४,आश्विन,१८,बुधबार ०६:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा जि.डब्लु एम सवारी साधनको आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रा.लि. ले जि.डब्लु.एमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप

काठमाडौं । फेसबुकको मूल कम्पनी मेटाले नयाँ च्याटबट ल्याउने भएको छ । मेटाले ल्याउने नयाँ च्याटबट अन्य एआई टुल समान

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा– आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष

काठमाडौं । इन्द्र जात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीहरूको पूजा गरिएको छ । नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०