२२ जेष्ठ २०८०, सोमवार

‘विकास निर्माणले छलाङ मारिरहेको हेर्न नसकेर प्रचण्ड र माधव नेपाल बाहिरिए’-यातायातमन्त्री नेम्वाङ

२०७७,माघ,२५,आईतवार २१:३३

0
Shares

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेकै नेकपा आधिकारिक भएको बताएका छन् ।

कुश्मा नगरपालिका–३ र मोदी गाउँपालिका–५ बाजुङ जोड्ने आम्वोट खोला मोटरेल पुलको उद्घाटन गर्दै मन्त्री नेम्वाङले निर्वाचन आयोगले समेत केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीबाहेक अन्यलाई आफूले नजान्ने बताएकाले भ्रममा नपर्न आग्रह गरे । उनले प्रधानमन्त्री ओलीले गरेका जनमुखी र मुलुकमा विकास निर्माणले छलाङ मारिरहेको हेर्न नसकेर प्रचण्ड र माधव नेपाल बाहिरिएको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नै आधिकारिक अध्यक्ष र उनले नेतृत्व गरिरहेकै नेकपा संस्थापन पक्ष भएकाले कोही पनि कार्यकर्ता प्रचण्ड–नेपालको प्रलोभनमा पर्न नहुने बताए  । उनले चुनाव चिन्हका बारेमा समेत शंका गर्नु नपर्ने बताए ।  जो अहिलेसम्म सुर्य चिन्ह लिएर निर्वाचन लडेकै छैन, उसैले सुर्य चिन्ह हाम्रो हो भन्दै हिड्नु हास्यास्पद भएको उल्लेख गर्दै आधिकारीक अध्यक्ष जो हो उसैसँग चुनाव चिन्ह रहने बताए ।

विसं २०७५ पुसदेखि निर्माण शुरु भएको उक्त पुल विसं २०७७ असोजमा सम्पन्न भएको थियो । पच्चीस मिटर लामो उक्त पुल रु चार करोड १७ लाख ६२ हजारमा निर्माण सम्पन्न भएको हो । पुल निर्माण पछि दुर्लुङ्ग–बाजुङ सडक बाह्रैमास सञ्चालनमा आउने भएको छ । पुल सडक डिभिजन कार्यालय बागलुङले निर्माण गरेको हो ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार २१:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले पहुँचका आधारमा बजेट विनियोजन गरिएको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०