२२ जेष्ठ २०८०, सोमवार

कहिलेदेखि चल्छ जनकपुर–जयनगर रेल ? महाप्रबन्धक भन्छन्, ‘छिट्टै उद्घाटनको मिति तोक्छौँ’

२०७७,माघ,२६,सोमवार १०:००

0
Shares

कमला अर्याल /काठमाडौं । सरकारले दुई वर्ष अघि नै सञ्चालनमा ल्याउने भनेको जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुन अझै केही समय पर्खनुपर्ने भएको छ ।

प्राविधिक पक्षको तयारी पूरा भएतापनि केही प्रशासनिक काम बाँकी रहेका कारण माघभित्रै सञ्चालन गरिने भनिएको बहुप्रतिक्षित जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुन विलम्ब भएको हो । पछिल्लो २ वर्ष यता पटक पटक मिति तोक्दै पछि सार्दै गरिएको यो रेल सेवा सञ्चालनको लागि अन्तिमपटक रेल विभागले माघ अन्त्यसम्मको ‘टार्गेट’ राखेको थियो । तर माघको अन्तिममा पनि रेल चल्ने अवस्था देखिँदैन । अहिले रेल विभाग आफ्नो काम बाँकी नरहेको बताउँछ ।

लामो समयदेखि रेल सञ्चालन गर्ने भन्दै पटक पटक मिति तोकिए पनि पछिल्लो समय नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले माघभित्र रेल सञ्चालन गर्ने दाबी गरेका थिए । तर महाप्रबन्धक भट्टराईले भनेको मितिमा पनि रेल सञ्चालन हुन सक्ने देखिँदैन ।

भारतीय पक्षसँग प्याकेजमा सहमति गरेर थप कर्मचारी समेत भित्र्याएको सरकारले कहिले रेल सञ्चालन गर्छ, त्यसको टुंंगो लागेको छैन । केही पहिले माघमा पक्कै रेल सञ्चालन हुन्छ भने पनि अहिले मिति तोक्न नसक्ने बताउँछन् महाप्रवन्धक भट्टराई । ‘प्राविधिक पक्षको तयारी पूर्ण भएको छ तर केही प्रशासनिक काम बाँकी छन्,’ उनले भने । बाँकी रहेको प्रशासनिक काम सक्न केही समय लाग्छ । त्यतिमात्रै होइन, उद्घाटनको मिति तोक्न प्रधानमन्त्री र भारतीय पक्षको पनि समय मिलाउनुपर्ने भएकाले ठ्याक्कै मिति तोक्न नसकिएको महाप्रवन्धक भट्टराईको भनाइ छ । तर छिट्टै उद्घाटनको मिति तोक्ने उनले बताए ।

उनका अनुसार रेल सञ्चालनका लागि आवश्यक पर्ने अन्य टिकट, सफ्टवेयर समेत तयार भइसकेको छ ।

ब्रोडगेजको रेल्वे लिक तयार भइसकेको छ भने ठाउँठाउँमा रेल्वे स्टेशन तथा हल्ट समेत निर्माण भइसक्दा पनि प्रशासनिक काम बाँकी भएको भन्दै रेल सेवा सञ्चालनमा विलम्ब गरिएको कारण आम नागरिकमा अबको निर्धारित समय पनि टार्ने हो कि भन्ने आशंका बढ्न थालेको छ ।

भारतबाट दुईवटा रेल खरिद गरेको ४ महिना बितिसकेको छ । ती रेल धनुषाको इनर्वास्थित नेपाली स्टेशनमा त्रिपाल ओढाएर राखिएको छ ।

यस्तो हुनेछ भाडा दर

जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको भाडा दर जनरल बोगीमा ७० रुपैयाँ तथा एसी बोगीमा ३०० रुपैयाँसम्म तोकिएको छ ।
प्रतिकिलोमिटर बढीमा १५ रुपैयाँ जनरल बोगीमा र एसीमा जनरलभन्दा पाँच गुणा बढी भाडा हुनेछ । सामान्यतया एक स्टेशनबाट अर्को स्टेशनमा झरेको भाडा प्रतिकिलोमिटर १५ रुपैयाँको दरले लाग्नेछ । दुई वा दुईभन्दा बढी स्टेशनसम्म यात्रा गरे त्योभन्दा कम भाडामा यात्रा गर्न सकिनेछ ।

कुर्थादेखि जयनगरसम्म जयनगर, इनर्वा, खजुरी, वैदही तथा कुर्था गरी पाँच वटा स्टेशन राखिएको छ । रेलको टिकट अनलाइनमार्फत् पनि बुकिङ गर्न सकिनेछ ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार १०:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

हेमन्त केसी – जाजरकोट । पन्ध्र शय्याको अस्पताल निर्माण शुरु गरिएको जाजरकोटको छेडागाड नगरपालिकाको नगर अस्पताल भवन पहिरोका कारण अलपत्र

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विषयले संसदमा हंगामा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा नागरिकता विधेयक प्रमाणीकरणबारे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण र नागरिकता विधेयकबारे संसदमा जवाफ दिएका छन् । सोमबार बसेको बैठकमा बोल्दै

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०