बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । तेह्रथुममा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।  आफ्नै ४७ वर्षीया श्रीमती मइतरानी लिम्बुको हत्या गरेको अभियोगमा लालिगुराँस नगरपालिका-३ मुसाङ्खेल माथिल्लो लिम्बु टोल बस्ने ४३ वर्षीय नर बहादुर लिम्बुलाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा नर बहादुरले बञ्चरोले टाउकोमा प्रहार गर्दा मइतरानीको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले नर बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?