२८ जेष्ठ २०८०, आईतवार

ओलीको कम्युनिष्ट आन्दोलन प्रतिको निष्ठा कमजोर भयो : माधवकुमार नेपाल

२०७७,माघ,२५,आईतवार १७:२३

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलन प्रतिको निष्ठा कमजोर भएको बताएका छन् ।

आज (आइतवार) ‘असंवैधानिक संसद विघटनका सन्दर्भमा ट्रेड युनियनको भुमिकाबारे श्रमिक भेला’ मा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलन प्रतिको निष्ठा र आस्था कमजोर भएको बताएका हुन् । ओलीको कम्युनिष्ट आन्दोलन प्रतिको प्रतिबद्धता समेत कमजोर भएको र मार्क्वादलाई अवसरवादको रुपमा बुझि आफ्नो स्वार्थको साधन बनाउन चाहेको उनको भनाई छ ।

अध्यक्ष नेपालले आफुहरुको संविधान प्रति माया, ममता स्वामित्वबोधको भावना भएका कारण यसलाई बिग्रिन र छिन्नभिन्न हुन नदिने बताए । संविधानलाई जोगाउँदै, हुर्काउँदै अगाडि बढाउने उनको भनाई छ । आफुहरुले कुर्सीको हानाथाप नगरी न्याय र सत्यको लागि आवाज उठाइरहेकाले आफुहरुको बाटो सहि रहेको उनले बताए ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १७:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको दाबी गरेका छन् । डा. राउतले

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन आवश्यक भएको बताएका छन् ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिहीन भएको बताएका छन् । नेपाल

 दोधारा चादनी । कञ्चनपुरका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा जुटेका छन् । यहाँका सात नगरपालिका र दुई

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०