२२ जेष्ठ २०८०, सोमवार

विवेकशील साझाले भन्यो- ‘भागरथी हत्याको ढिलो नगरी निष्पक्ष अनुसन्धान होस्’

२०७७,माघ,२५,आईतवार १६:२३

0
Shares

काठमाडौं । विवेकशील साझा पार्टीले बैतडी दोगडाकेदारकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि पछि हत्यामा संलग्नलाई कारबाहीको माग गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै न्याय प्राप्तिको लागि बैतडी, कञ्चनपुर र देशैभरि भएका शान्तिपूर्ण नागरिक अभियानहरूमा हाम्रो एक्येवद्धता भएको जनाएको छ ।

यस्ता घटनामा राजनीतिकरण नगरी दोषी पक्ष नै राज्यबाट संरक्षित नहोस् भन्दै विवेकशील साझाले आग्रह गरेको छ ।

“यस्ता घटनाहरूमा अवाञ्छित राजनीतिकरण हुने र दोषी पक्ष नै राज्यबाट संरक्षित हुने निकट विगत नदोहोरियोस् भन्नेमा विवेकशील साझा पार्टी सम्बन्धित अधिकारीहरूलाई सचेत गराउन चाहन्छ।” जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै सहरदेखि गाउँसम्म शान्तिसुरक्षा कायम गर्नका लागि सरकार पूर्ण रुपमा असफल भएको विवेकशील साझाको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, “सहरदेखि गाउँसम्म शान्ति सुरक्षा कायम गर्न र नागरिकको जीउधनको रक्षा गर्न वर्तमान सरकार पूर्णतः असफल भएको छ। विवेकशील साझा पार्टी सम्पूर्ण नागरिक वर्ग र पार्टीका स्थानीय समितिहरूलाई भागरथी हत्याबारे बैतडीमा स्थानीय प्रशासन तथा प्रहरीको काम कारबाहीलाई मिहिन ढङ्गबाट नियाल्न आग्रह गर्दछ।”

विवेकशील साझाले उक्त घटनाले आफूहरु मर्माहत भएको र पीडित परिवारलाई समवेदनता समेत व्यक्त गरेको छ ।

“बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्टको बीभत्स अवस्थामा शव भेटिएको घटनाले विवेकशील साझा पार्टी मर्माहत भएको छ। हामी पीडित परिवारमा हार्दिक समवेदना व्यक्त गर्दै दिवङ्गत किशोरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ।” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १६:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०