२२ जेष्ठ २०८०, सोमवार

भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाही गर्न आयोगको माग

२०७७,माघ,२५,आईतवार १५:५०

0
Shares

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले बैतडीकी १७ वर्षीया युवती भागरथी भट्टको बालात्यकार पछि हत्याको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

उक्त घटनाबारे आयोगको धनगढी कार्यालयबाट अनुगमन टोली घटनास्थलतर्फ प्रस्थान गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।

आयोगले एक विज्ञप्ति जारी गर्दै बैतडी लगायत विभिन्न पहाडी तथा हिमाली जिल्लाहरुमा विद्यार्थीहरुले धेरै टाढा पैदलै हिँडेर पढ्न जानुपर्ने तर सुरक्षाको अभावले बालिकाहरुमा मनोवैज्ञानिक असर परेको समेत आयोगले जनाएको छ ।

“बैतडीलगायत विभिन्न पहाडी तथा हिमाली जिल्लाहरूमा विद्यार्थीहरूले धेरै टाढा पैदलै भौगोलिक दूरी पार गरी शिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेको अवस्थामा शान्ति सुरक्षाको अभावमा हुने यस प्रकारका घटनाले बालबालिकाको बाँच्न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्न भई बाल मनोविज्ञानमा नकारात्मक असर परेको देखिन्छ ।” जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै उक्त घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत समेत उपलब्ध गराउन आयोगले सरकारसँग माग गरेको छ ।

साथै जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचार गरेको समेत आयोग ले जनाएको छ ।

 

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १५:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) डे मनाइएको छ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने

मोरंग । कोशी प्रदेशका ४ स्थानमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ । २०० भन्दा बढीको सहभागीतामा

काठमाडौं । यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको

काठमाडौं । मुक्तिनाथ बिकास बैंकले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर, काठमान्डौ जिल्ला टोखा

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०