काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्चको संवैधानिक इजलासमा निरन्तर बहस भइरहेको छ ।
आइतवारको बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले माघ ३० गतेसम्म सबैको बहस सक्नका लागि आग्रह गरेका छन् ।
प्रधानन्यायाधीश राणाले सरकारी पक्षका अधिवक्ता रमेश बडालसँग माघ ३० गतेभित्र विपक्षीका तर्फबाट बहस सक्नुपर्ने बताएका हुन् ।
प्रधानन्यायाधीश राणाले सुरूमा उनलाई २० मिनेट समय दिएका थिए। तोकिएको समयमा बडालको बहस नसकिएपछि १० मिनेट समय थपिएको थियो।
आजबाट संसद विघटनविरुद्धको रिटमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ ।
आजको सुनुवाइको क्रममा नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले बहस सकेसँगै सरकारी वकिलको तर्फबाट बहस सकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया