काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहले माघ २८ गतेको जनप्रदर्शनमा उपस्थितीका लागि अनुरोध गरेको छ ।
आज (आइतवार) एक भिडियो सन्देश जारी गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आगामी बुधवार काठमाडौंमा हुने जनसभामा उपस्थित हुन आग्रह गरेका हुन् ।
नेकपाको आधिकारिक फेसबुक पेजमार्फत उक्त दिन प्रतिगमनविरुद्धको विशाल प्रदर्शन र विरोधसभामा सहभागी बन्न अपील गरेका हुन् ।
भिडियो मार्फत अध्यक्ष प्रचण्डले प्रतिगमनलाई परास्त गर्ने र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने अभियानका रुपमा सभा र जनप्रदर्शन राखिएको बताए ।
अध्यक्ष प्रचण्डले भिडियोमार्फत भनेका छन्, ‘म यो ऐतिहासिक घडीमा सम्पूर्ण नेपाली जनसमुदायहरुसँग हामी सवैले लडेर प्राप्त उपलब्धिको रक्षा गर्नका निम्ति माघ २८ गते काठमाडौंको विरोध प्रदर्शनमा सहभागी हुन र प्रतिगमनलाई परास्त गर्न अपील गर्न चाहान्छु’।
त्यस्तै उक्त पक्षका अर्का अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कमदका विरुद्ध सशक्त आवाज गुन्जाउन उक्त सभाको आयोजना गरिएको बताए ।
संसद विघटनविरुद्ध चरणवद्ध आन्दोलन गरिरहेको छ । उक्त पक्षले माघ १३ गतेबाट संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको छ ।