२२ जेष्ठ २०८०, सोमवार

तालिमप्राप्त पत्रकार नहुँदा विकृति-विसंगति जन्मियो : मन्त्री गुरुङ

२०७७,माघ,२५,आईतवार १४:४९

0
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताएका छन् ।

आज आइतवार काठामाडौंमा आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताएका हुन् । तालिमप्राप्त पत्रकार नहुँदा विकृति, बिसंगति जन्मिएको भन्दै उनले पत्रकारहरुको निम्ति तालिम केन्द्रको विकास नगरी पत्रकारीता क्षेत्रको गुणस्तर नहुने बताए । आफ्नो योग्यता, क्षमता र गुणस्तर बिना बजारमा बिक्रि हुन्नौँ भन्ने हेक्का पत्रकारहरुले पनि राख्नुपर्ने उनको भनाई छ । उनले बिरोध गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने धारणा परिवर्तन नगरेसम्म पत्रकारिता क्षेत्रलाई सम्मानित, मर्यादित र जिम्मेवार बनाउन नसकिने पनि बताए ।

मन्त्री गुरुङले पत्रकारहरुका लागि प्रशिक्षण प्रतिष्ठान खोल्ने कुरा सरकारको नीति कार्यक्रममा ल्याउने बताए । उनले अनलाइन नविकरणका लागि जिल्ला हुलाक कार्यालबाट हुनेगरी नीतिगत निर्णय गरिएको भएपनि हुलाकका कार्मचारी दक्ष नहुँदा प्रभावकारी नभएको बताए । पत्रकार प्रेस पासबारे कार्यविधि बनाएर वर्षैपिच्छे नविकरण गर्ने परम्पराको अन्त्य गर्ने प्रयत्न गर्ने उनको भनाई छ ।

उनले पत्रकारको समस्या समाधानको निम्ति प्याकेज बनाएर अघि बढ्ने बताए । पत्रकारहरुका लागि कोभिड १९ कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १४:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले पहुँचका आधारमा बजेट विनियोजन गरिएको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०