२२ जेष्ठ २०८०, सोमवार

कोरोनाले छोएन हिमालयन डिष्टिलरीलाई : ५६.५४ प्रतिशतले बढायो नाफा

२०७७,माघ,२५,आईतवार १४:४५

0
Shares

काठमाडौं । कोरोना कहरकाबीच पनि हिमालयन डिष्टिलरीले राम्रो प्रगति हासिल गर्न सफल भएको छ ।

कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । सो वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.५४ प्रतिशत नाफा बढाएको छ । यस अवधीमा कम्पनीले ३९ करोड ७६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाइको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ करोड ३६ लाख २८ हजार रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही
अवधिसम्ममा कम्पनीले २५ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको बिक्री आम्दानी बढेकाले नाफा
कमाउन सफल भएको हो । यस अवधीमा अवधिमा कम्पनीले १ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ पु-यााएको छ । कम्पनीको
अन्य सञ्चालन आम्दानी २ करोड ७९ लाख रुपैयाँबाट बढेर ५ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको सञ्चालन मुनाफा ३७ करोड ५४ लाख रुपैयाँबाट बढेर ५६ करोड ५० लाख रुपैयाँ पुगेको कम्पनीले देखाएको छ । त्यसैगरी, कम्पनीको मूल्य आम्दानी अनुपात ४७.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ८३ पैसा रहेको कम्पनीको वित्तीय विवरणले
देखाएको छ । नाफा मात्रै होइन कम्पनीको प्रतिशेयर आम्दानीमा पनि सुधार आएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ८७ रुपैयाँ ८३ पैसा रहेको कम्पनीको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ९१ रुपैयाँ ६६ पैसा पुगेको छ ।

त्यस्तै, कम्पनीको जगेडा कोषमा ४९ करोड ३१ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको जगेडा कोषमा ४६ करोड ३२ लाख

रुपैयाँ थियो । त्यस्तै, अहिले कम्पनीको चुँक्ता पूँजी ८६ करोड ७७ लाख रुपैयाँ रहेको छ । हाल कम्पनीले गोल्डेन ओक र ब्ल्याक ओक नामक मदिराहरु बढी मन बराइएका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १४:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । मुक्तिनाथ बिकास बैंकले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर, काठमान्डौ जिल्ला टोखा

काठमाडौं । यो साता कारोबारको पहिलो दिन आइतबार ५० अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन आज भने

काठमाडौं । सिटिजन्स बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत बृक्षारोपण’ कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लाष्टिक’ भन्ने मुल

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०