२०७४, १८ आश्विन बुधबार ०६:०५

सबै दलबीच सहकार्य आवश्यक : डा शशांक


प्रकाशित मिति : २०७४, १८ आश्विन बुधबार ०६:०५

नवलपरासी, १८ असोज ।नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले दिगो शान्ति, समृद्धि र संविधानको कार्यान्वयनका लागि सबै दलबीच सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताएका छन ।नवलपरासीको देवचुलीमा नेपाली काँग्रेस देवचुली नगरकार्य समितिद्वारा मंगलबार आयोजित चियापान तथा शुभकामना कार्यक्रममा बोल्दै नेता कोइरालाले काँग्रेस निर्णायक शक्ति बन्न नसकेकाले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नसकिएको जिकिर गरे ।सोही अवसरमा बोल्दै महामन्त्री कोइरालाले यसका लागि आशन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउनका लागि सहयोग गर्न सबैलाई आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस