चन्द्रागिरिको शेयरमा ओइरिए खरिदकर्ता

काठमाडौं । आजदेखि दोस्रो बजारमा कारोबार भएको चन्द्रागिरि हिल्सको आईपीओमा खरिदकर्ता आइरिएका छन् ।

यसको शेयर कारोबारयोग्य कुल संख्या जम्मा १५ लाख ३४ हजार ९१ कित्ता रहेको छ तर आइतबार बजारमा १८ लाख कित्ता भन्दा बढी शेयरको माग भएको छ ।

सो कम्पनीलाई नेप्सेले पहिलो कारोबारका लागि ९७ रुपैयाँदेखि २ सय ९० रुपैयाँसम्मको मूलय तोकेको भएपनि आइतबार १ सय ६१ रुपैयाँमा कारोबार सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?