२८ जेष्ठ २०८०, आईतवार

संवैधानिक इजलासमा प्रधानन्यायाधीको प्रश्न- ‘चुनावको सम्भावना छ ?’

२०७७,माघ,२५,आईतवार १३:४६

0
Shares

काठमाडौं । संसद विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा बहस जारी छ ।

आज (आइतवार) को बसहका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आगामी चुनावबारे प्रश्न उठाएका छन् ।

बहसका क्रममा प्रधानन्यायाधीश राणाले अहिलेको अवस्थामा नेपालमा चुनावको वातावरण भए/नभएको प्रश्न उठाएका हुन् ।

आइतवार सरकारको तर्फबाट अधिवक्ता श्यामकुमार भट्टराईले बहस गरेका छन् । बहसका क्रममा अधिवक्ता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक शक्तिको असफलतापछि संसद विघटन गरि जनतामा जाने निर्णय गरेको जिकिर गरेका छन् ।

त्यस्तै बौद्धिक रुपमा आदर गर्न सकिने, सैद्धान्तिक रुपमा स्वीकार गर्न सकिने र व्यवहारिक खालको फैसला हुनुपर्ने उनको भनाइ छ । अधिवक्ता भट्टराईले संसद विघटन राजनीतिक विषय रहेको दाबी गर्दै त्यसैकारण प्रधानमन्त्री जनतामा जाने निर्णय गरेको जिकिर गरेका थिए । लगत्तै प्रधानन्यायाधीश राणाले अधिवक्ता भट्टराईलाई चुनावमा जाने वातावरण भए नभएको प्रश्न गरेका हुन् ।

‘चुनावको सम्भावना छ ? फ्लोरमा वातावरण हुनुपर्यो नि होइन ? अहिले जुन वातावरण छ, त्यो (चुनाव) सम्भवना छ ?’ प्रधानन्यायाधी राणाले संसद विघटनविरुद्ध सडकमा प्रदर्शन भइरहेको संकेत गर्दै त्यस्तो प्रश्न सोधे ।
त्यस्तै अधिवक्ता भट्टराईले उक्त कुराको फैसला जनताले गर्ने र देशमा चुनावको माहोल रहेको बताएका थिए ।

 

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १३:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको दाबी गरेका छन् । डा. राउतले

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन आवश्यक भएको बताएका छन् ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिहीन भएको बताएका छन् । नेपाल

 दोधारा चादनी । कञ्चनपुरका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा जुटेका छन् । यहाँका सात नगरपालिका र दुई

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०