२८ जेष्ठ २०८०, आईतवार

अस्ट्रेलियामा कोरोनाविरुद्धको खोप लगाएकाहरुलाई डिजिटल प्रमाणपत्र

२०७७,माघ,२५,आईतवार १३:४३

0
Shares

क्यानबेरा । अस्ट्रेलिया सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई डिजिटल कोभिड भ्याक्सिन प्रमाणपत्र दिने योजना सार्वजनिक गरेको छ । यस योजना बमोजिम कोभिड खोप लगाएका अस्ट्रेलियाली नागरिकले आफूले खोप लगाएको प्रमाण स्मार्ट फोनबाटै प्रस्तुत गर्न सक्नेछन् ।

सरकारले अस्पताल र वृद्धवृद्धाको स्याहार केन्द्र समेत उच्च जोखिममा रहेका व्यक्तिका लागि पहिलो चरणमा खोप दिने तयारी गरेको छ । अनिवार्य खोप लगाउने तयारीमा रहेको सरकारका लागि यस योजनाले थप सहयोग पुग्ने विश्वास लिइएको छ ।

अन्तर्राष्ट्रिय यात्रा पुनः शुरु गर्ने तयारीमा रहेका धेरै देशलाई यस प्रमाणपत्रलाई मान्यता दिनेतर्फ सरकारले तयारी पनि थालेको छ ।

सरकारी सेवा सम्बन्धी मन्त्री स्टुआर्ट रोबर्टले प्रमाणपत्र प्रणाली निर्माण गर्न अस्ट्रेलिया सरकारले विशेष सुरक्षा प्रणाली प्रयोग गरेको जानकारी दिए । उनले अस्ट्रेलियामा भइरहेका अन्य खोप अभियान समेत कोभिड–१९ को खोपलाई पनि राष्ट्रिय स्वास्थ्य प्रणालीमा आबद्ध गरिएको बताए ।

अस्ट्रेलिया सरकारले आगामी फेब्रुअरीको अन्त्यदेखि खोप दिन थाल्ने र अक्टोबरसम्ममा सम्पूर्ण जनसंख्यालाई खोप लगाइसक्ने योजना बनाएको छ ।

सीमामा आउजाउमा अति कडाई र कडा लकडाउन गरेको अस्ट्रेलियामा हालसम्म करिब २९ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९०९ जनाको मृत्यु भएको थियो ।

  • एजेन्सी

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १३:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको

काठमाडौं । अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५,००० कम्पनीहरू सञ्चालन गरिरहेको बताउँएका छन्

काठमाडौं । कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको भारत प्रशासित जम्मुकाश्मिरको राजधानी श्रीनगर

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताएका छन्

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०