पश्चिमी वायुको प्रभाव : देशका विभिन्न स्थानमा पर्‍यो हिउँ (फोटोफिचर)

लोकपथ
0
Shares

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण बिहीवारदेखि प्रभावित मौसम आजदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजदेखि मौसम सफा हुँदै जाने भएको हो ।

बिहीवारदेखि देशका अधिकांश भूभागको मौसम बदली भई हिउँदे वर्षा हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएको थियो ।

मौसम बदली भई देशका विभिन्न स्थानमा परेको हिउँ :

हिउँ परेपछि कृषक खुसी
भोजपुर, २५ माघ :
मुन्दुम पदमार्गअन्तर्गत पर्ने भोजपुरको प्रसिद्ध पर्यटकीयस्थल मैयुङ डाँडामा यस वर्ष परेको हिउँ । ढिलै भएपनि हिउँ परेपछि माथिल्लो भेगका कृषक खुसी भएका छन । तस्वीरः युवराज विष्ट-रासस

अन्नपूर्ण हिमशृङखला
कास्की, २५ माघ : पोखराबाट आइतबार बिहान देखिएको सुन्दर अन्नपूर्ण हिमशृङखलाको दृश्य । लामो समयपछि हिमालमा हिउँ परेकाले सुन्दर देखिएको छ । तस्वीर : कृष्ण दवाडी-रासस

सिमकोटमा ढक्कमक्क ढाकिएको हिउँ
सिमकोट, २५ माघ : हुम्ला जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा दुई दिनको हिमपातपछि ढक्कमक्क ढाकिएको हिउँको दृश्य । तस्वीर : दाने बोहरा-रासस
सिमकोटमा ढक्कमक्क ढाकिएको हिउँ
सिमकोट, २५ माघ : हुम्ला जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा दुई दिनको हिमपातपछि ढक्कमक्क ढाकिएको हिउँको दृश्य । तस्वीर : दाने बोहरा-रासस

घरखर्च चलाउन दाउरा बेच्दै
सिमकोट, २५ माघ : बाटोमा बाक्लो हिउँ जमे पनि घरखर्च चलाउन सिमकोट गाउँपालिका-७ स्थित डाँडाफया गाउँका बालबालिका दाउरा बिक्रीका लागि सदरमुकाम सिमकोट जाँदै । एकभारी दाउराको रु ५०० देखि रु एक हजारसम्म बिक्री हुने गर्छ । तस्वीर : दाने बोहरा-रासस

रसुवामा परेको हिउँ :
हिमपात भएपछि रसुवाका स्थानीयवासीको जनजीवनमा कठङग्रिँदो प्रभाव । यस वर्ष ढिलै भए पनि हिउँ परेका खेतीपाती राम्रो हुने आशले कृषक हर्षित भएका छन । तस्बिरः ज्ञानेन्द्र न्यौपाने- रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?