संवैधानिक नियुक्तिविरुद्ध सभामुख सापकोटाले दर्ता गराएको मुद्दाको सुनुवाइ आज

काठमाडौं । सभामुख सापकोटाले संवैधानिक आयोगको नियुक्तिबारे सर्वोच्चमा दर्ता गराएको रिटको सुनुवाइ आज हुँदैछ ।

शुक्रवार सभामुख सापकोटाले सरकारले संवैधानिक आयोगमा नियुक्ति अवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

उक्त रिटको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुने भएको छ ।

त्यस्तै सभामुख सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ र अधिवक्ता टिकाराम भट्टराईलगायतले बहस गर्ने बताइएको छ ।

माघ २३ गते शुक्रवार सभामुख सापकोटाले संवैधानिक नियुक्तिविरुद्ध राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली सहित ३९ जनालाई विपक्षी बनाएर रिट दर्ता गराएका थिए ।

त्यस्तै संवैधानिक नियुक्ति अवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गराएको रिटमा सर्वोच्चले सरकारसँग लिखित जवाफ मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?