१४ जेष्ठ २०८०, आईतवार

अब अमेजनको सीईओ रहनेछैनन् जेफ बेजोस : हरेक सेकेण्ड कमाउँछन् १.८१ लाख, चन्द्रमामा कोलोनी बनाउने इच्छा

२०७७,माघ,२५,आईतवार ११:५१

0
Shares

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति, ५७ वर्षका जेफ बेजोस अमेजनमा अब आफ्नो भूमिका परिवर्तन गरिरहेका छन् । मंगलवार उनले घोषणा गरे कि, अब आफू सीईओको पद छोडेर कार्यकारी अध्यक्षको जिममा लिनेछन् ।

२५ वर्षदेखि सीईओ रहेका बेजोस अन्तरिक्ष कार्यक्रमसँग जोडिएको आफ्नो कम्पनी ब्लू ओरिजन, अर्थ फण्ड र द वाशिंगटन पोस्ट पत्रिकामा ध्यान लगाउन चाहन्छन् ।

बिजनेस इनसाइडरका अनुसार बेजोसले २०२० मा हरेक सेकेण्ड १.८१ लाख रुपैयाँ कमाएका छन् । बेजोसलाई चिन्नेले भन्छन्, उनी सधैँ समय भन्दा अगाडि रहन्छन् ।

१९८२ मा हाई स्कूलमा बेजोसले भनेका थिए, पृथ्वी सीमित छ,र यो संसारको जनसंख्या र अर्थव्यवस्था लगातार बढीरहेको छ । त्यसैले अन्तरिक्षमा जान नै एक मात्र बाटो बचेको छ ।

वर्ष २००० मा बेजोसले ब्लू ओरिजनको स्थापना गरेका थिए ।

यसको २ वर्षपछि एलन मस्कले स्पेस एक्सको स्थापना गरे । तर अहिले ब्लू ओरिजनको काम राम्रो देखिँदैन । अन्तरिक्षको सम्भावनालाई मध्यनजर गर्दै उनी यसमा ध्यान दिइरहेका छन् ।

ब्लू ओरिजनले यस वर्षदेखि पर्यटकलाई चन्द्रममा पठाउने तयारमिा लागेको छ । बेजोस चन्द्रमामा कोलोनी बनाउन चाहन्छन् ।

कस्तो छ दिनचर्या ?

२०१८ मा इकोनोमिक क्लव अफ वाशिंगटन डीसीमा साक्षात्कारको बेला बेजोसले आफ्नो दिनचर्या बताएका थिए । बेजोस राती छिटै सुत्छन्, किनभने बिहान चाँडै उठ्न सकियोस् । काममा उर्जा बनाइराख्नका लागि ८ घण्टाको निन्द्रामा उनी कुनै सम्झौता गर्दैनन् । उनी बिहान आरामले बिताउने मध्येका एक हुन् ।

उनी कफी पिउँदै पत्रिका पढ्छन् । बच्चासँग नास्ता गर्छन् । उनी आफ्नो पहिलो मिटिंग १० बजे बिहान गर्छन् । लञ्चपछि केहि साना मिटिंग गर्छन् । यदि साँझमा केहि मिटिंग छ भने त्यसलाई भोलिपल्ट १० बजेका लागि सार्छन् ।

 

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार ११:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको विषय पुष्टि गर्न चुनौती दिएका छन् । उनीमाथि

घाना । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको

ताजा समाचार

संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०