काठमाडौं । बलिउड अभिनेत्री तथा मोडल गहना वशिष्ठलाई मुम्बई क्राइम ब्रान्चको प्रोपर्टी सेलले पक्राउ गरेको छ । उनीविरुद्ध पोर्न भिडियो बनाएर आफ्नो वेबसाइटमा अपलोड गरेको आरोप लागेको छ ।
उनलाई आज मुम्बईको अदालतमा पेश गरिने बताइएको छ ।
तीनजनाले उनीविरुद्ध यो आरोप लगाएपछि उनलाई पक्राउ गरिएको हो ।
तीन जनाले उनले पोर्न फिल्ममा काम गर्न दबाव दिएको बताएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनले ८७ वटा पोर्न भिडियो बनाएकी छन् । ३२ वर्षीया गहनाको जन्मको नाम वन्दना तिवारी रहेको छ ।