बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आइतवार) सुनचाँदीको मूल्य बृद्धि भएको छ ।

शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार रहेको थियो । आज सुनको मूल्य तोलामा ६ सयले बृद्धि भइ प्रतितोला सुन ९० हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९० हजार १ सय ५० रहेको छ ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बृद्धि भएको छ । शुक्रवार प्रतितोला चाँदीको मूल्य १२ सय ९० रहेको थियो भने आज मूल्य बृद्धि भई प्रतितोला चाँदी १३ सय १० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?