२८ जेष्ठ २०८०, आईतवार

भरानको दुई गोलमा रियलको पुनरागमन जित

२०७७,माघ,२५,आईतवार ११:१९

0
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले पुनरागमन जित हात पारेको छ । शनिवार राति भएको खेलमा रियलले हुयस्काविरुद्ध २-१ गोलको पुनरागमन जित हात पारेको हो ।

हुयस्काको मैदानमा एक गोलले पछि परेपनि रियलले पुनरागमन गर्दै जित हात पारेको हो । रियलको जितमा राफायल भरानले दुई गोल गरे । हुयस्काका जाभी गलनले एक गोल गरे ।

Image

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा जाभीको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो ।

भरान चम्किएपछि रियलले उत्कृष्ट पुनरागमन गर्यो ।

खेलको ५५ औं मिनेटमा भरानले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ८४ औं मिनेटमा भरानले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

Image

 

जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियलले २१ खेलमा ४३ अंक जोडेको छ । हुयस्का १६ अंक जोडेर पुछारमा रहेको छ ।

  • एजेन्सी

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार ११:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज शनिबार इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान भिड्दै छन्

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल जित विहीन बनेको छ । म्यान्मारमा शनिबार तेस्रो तथा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् ।

काठमाडौं । बोसिया खेललाई प्रचार–प्रसार गर्ने उद्देश्यले ‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना गरिएको छ । अपाङ्गता भएका व्यक्तिका लागि नेपाल

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०