२२ जेष्ठ २०८०, सोमवार

बैतडीमा छोरीको गोली हानी हत्या, बाबु फरार

२०७७,माघ,२५,आईतवार १०:५०

0
Shares

टेक सिँह धामी/ धनगढी । बैतडीमा हिजो शनिवार बेलुका विवाहित छोरीलाई गोली हानेर हत्या गरी बाबु फरार भएका छन्।

जिल्लाको पुर्चौडी नगरपालिका १०, विजयपुरका ६५ वर्षीय धनबहादुर महराले छोरी बेलमती महरा धामीको गोली हानी हत्या गरेका हुन्।

शनिवार बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। छोरीको हत्या गरी महरा फरार रहेका छन्, उनले भने, ‘घटना भएको खबर पाए पश्चात पुरघाट चौकीबाट प्रहरी टोली खटिएको छ, प्रहरी टोली पुगेपछि थप जानकारी प्राप्त हुनेछ।’

घटनामा भरुवा बन्दुक प्रयोग भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनापश्चात फरार रहेका महराको खोजी कार्य तीव्र पारिएको छ।
विवाहित छोरी गएको एक महिनादेखि माइतमै बसिरहेकी बताइएको छ। छोरीमाथि महराले किन गोली चलाए भन्ने खुल्न सकेको छैन।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १०:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) डे मनाइएको छ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०