२६ जेष्ठ २०८०, शुक्रवार

एभर्टनसँग युनाईटेडको बराबरी

२०७७,माघ,२५,आईतवार १०:३९

0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले एभर्टनसँग बराबरी खेल्दै अंक बाडेको छ । शनिवार राति भएको खेलमा युनाईटेडले एभर्टनसँग ३-३ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा २ गोलको सुरुवाती अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिएको हो ।

खेलको २४ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।

खेलको ४९ औं मिनेटमा अब्दुलाए डुकोरेले गोल गर्दै एभर्टनलाई २-१ को स्थितिमा ल्याए । खेलको ५२ औं मिनेटमा जेम्स रोड्रीगेजले गोल गर्दा खेल २-२ गोलको बराबरीमा पुग्यो ।

Image

खेलको ७० औं मिनेटमा स्कट म्याकटोमेनीले गोल गर्दा युनाईटेड ३-२ ले अघि रह्यो ।

तर, खेलको इन्जुरी समयमा डोमिनिक लेविनले गोल गर्दै एभर्टनलाई ३-३ गोलको बराबरीमा ल्याएका थिए । यो बराबरीसँगै दोस्रो स्थानको युनाईटेड २३ खेलमा ४५ अंक जोडेको छ ।

बराबरीले युनाईटेड शीर्ष स्थानको म्यानचेस्टर सिरीसँग अंक बराबरी गर्न असफल भएको छ । एभर्टन ३७ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।

  • एजेन्सी

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १०:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

त्रिवेणी । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारीका लागि आज नेपालले स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै छ । दक्षिण अफ्रीकाको भ्रमणमा रहेको

काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने

काठमाडौं । करिम बेन्जिमा साउदी अरेबियाको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । स्पेनिस ला लिगा क्लब रियल

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३