१४ जेष्ठ २०८०, आईतवार

शीत झर्ने टहरामा बस्दै बाढीपीडित

२०७७,माघ,२५,आईतवार ०९:०९

0
Shares

लमजुङ । लमजुङका बाढीपहिरोपीडित शीत झर्ने टहरामा बस्न बाध्य हुँदै आएका छन् । गण्डकी प्रदेशअन्तर्गत लमजुङको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका बाढीपहिरो पीडित जाडो याममा शीतको टहरामा बस्दै आएका छन् ।

गत साउन ७ र ८ गते गएको बाढीपहिरो पीडित ८१ घरधुरीका स्थानीयवासी घरबारविहीन भएपछि सोही वडामा जस्तापाताको टहरामा बस्दै आएका छन् । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा अस्थायीरूपमा निर्माण गरिएको जस्तापाताको टहरामा बस्नलाई समस्या हुने गरेको उनीहरूको भनाइ छ । चारैतिर जस्तापाताले अस्थायी टहरा निर्माण गरिएकाले पुस माघको चिसो मौसममा बिहान शीतले ओछ्यान भिज्ने गरेको गीता मगरातीले बताइन् । उनले भनिन्, “घाम नलाग्ने बेलामा भित्र बस्दा पनि चिसो हुने गरेको छ, त्यही माथि जस्तापाताको बार र छानो रहेकाले शीतले गर्दा सुत्न बस्नलाई समस्या भइरहेको छ । हामी उमेर पुगेकालाई त जसोतसो गरेर पनि हुन्थ्यो, मेरो त पाँच र १५ महिनाका दुई बच्चा छन्, झनै समस्या भएको छ ।”

उनीहरूलाई चिसोका समयमा परेको शीतले गर्दा टहराभित्र राख्दा पनि चिसोले बिरामी भइरहेको उनले बताइन् । त्यस्तै अञ्जु मगरातीले भनिन्, “टिनको टहरा भएकाले शीत पर्छ, त्यस्तैले भकारी राखेर शीत तथा चिसो छल्ने गरेपनि भकारी नै भिजेर शीत ओछ्यानमै छिर्ने गरेकाले समस्या उत्पन्न भइरहेको छ । केही दिनबाट बढेको चिसोले झन् घरमा मेरो १० महिनाको बच्चा छ, बच्चालाई जति न्यानोसँग राख्न खोजे पनि चिसो नै हुने गरेको छ ।” उनीहरू मात्र होइन यहाँ बसेका धेरै परिवारमा नौदेखि १० महिनाका बालबच्चा बढी रहेकाले उक्त समस्या उनीहरूमा पनि उस्तै छ । चारैतिर जस्तापाताले बनाइएकाले पुस माघमा जाडो र चैत वैशाखमा गर्मीले सुत्न बस्नलाई समस्या हुने बाढीपहिरोपीडित तारा अछामीले बताइन् ।

उनले भनिन्, “यहाँ बालबच्चा र वृद्धवृद्धा नै बढी मर्कामा परेका छन् । तत्काल समस्या समाधान होलाजस्तो छैन ।” यहाँका बाढीपहिरो पीडितले स्थिररूपमा दिगो हुने गरी यहाँको समस्या समाधान छिटो गरिदिन सरकारलाई आग्रह गरेका छन् । यस वडाका वडाध्यक्ष प्रेमबहादुर बस्नेतले भने, “यो समयमा चिसो त भइहाल्छ, तर उनीहरूले चिसोले समस्या भयो भनेर गुनासो नगरेका छैनन् ।” उनका अनुसार उनीहरूका विविध समस्या समाधानका लागि वडा कार्यालयदेखि पालिकाले बाढीपहिरा पीडितका लागि निजी आवास पुनःनिर्माणको प्रयास गरेको छ । केही दिनअघि मात्र प्रदेश सरकारलाई यसबारे जानकारी गराउँदै निजी आवास पुनःनिर्माणका लागि आग्रह गर्छौँ । यससम्बन्धी प्रदेशमा कार्यविधि बनाउने तयारीमा रहेको र उनीहरूको निजी आवास पुनःनिर्माण कार्य अगाडि बढाउने जवाफ दिएको वडाध्यक्ष बस्नेतले बताए ।

विभिन्न सङ्घसस्थाले गरेको सहयोग रकममध्ये रु एक करोड रहेको र सो रकम उनीहरूलाई जग्गा खरिदका लागि दिने वडा कार्यालयले जनाएको छ । निजी आवास पुनःनिर्माणका लागि बाढीपीडितले जग्गा खोज्न थालेको वडा कार्यालयले जनाएको छ । सो अवधिमा बाढीपहिरोले तरापु पल्लोटारीका ८१ घरमध्ये २१ घर पूर्ण क्षति, ३२ घर आधाजस्तै भत्किएको र २८ घर उच्च जोखिममा परेको छ ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार ०९:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन्

गण्डकी । सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे)

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान शुरु गरेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको)

काठमाडौं । ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न

ताजा समाचार

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०