२७ जेष्ठ २०८०, शनिवार

प्रदेश १ को प्रदेशसभा बैठक आज, के होला मुख्यमन्त्रीको पद ?

२०७७,माघ,२५,आईतवार ०८:३५

0
Shares

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक आज आइतवार बस्दै छ। गत माघ ७ गतेबाट शुरु भएको प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक १९ दिन पछि आज बस्न लागेको हो।

नेकपा विभाजनपछिको विवादका कारण माघ ७ गते करिब ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव टेवल हुने निश्चित प्राय: छ । अविश्वासको प्रस्तावबाहेक अन्य विजेनस नभएकाले बैठक स्थगित नभए प्रस्ताव टेवल हुने बताइएको छ । दाहाल-नेपाल समूह जसरी पनि अविश्वासको प्रस्ताव टेबल गर्नुपर्ने अडानमा छ भने ओली समूह कुनै पनि अवस्थामा टेबल हुन नदिने रणनीतिमा छ । त्यसका लागि निलम्बित १६ प्रदेशसभा सदस्यलाई बैठकमा प्रवेश गर्न नदिने अडानमा ओली समूह छ । उनीहरु बैठकमा प्रवेश गरे बैठक सञ्चालन गर्न नदिने ओली समूहको तयारी रहेको स्रोतले जनाएको छ ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने दाहाल-नेपाल समूहका भीम आचार्य, इन्द्र आङ्बो, जीवन घिमिरेसहित १६ जना प्रदेशसभा सदस्यलाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार ०८:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको दाबी गरेका छन् । डा. राउतले

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन आवश्यक भएको बताएका छन् ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिहीन भएको बताएका छन् । नेपाल

 दोधारा चादनी । कञ्चनपुरका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा जुटेका छन् । यहाँका सात नगरपालिका र दुई

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०