२६ जेष्ठ २०८०, शुक्रवार

खैरो हिरोइनसहित कञ्चनपुरबाट दुई पक्राउ

२०७७,माघ,२५,आईतवार ०८:१९

0
Shares

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ वनकुरुवा नजिकैको नेपाल–भारत सीमा क्षेत्रबाट दुई जनालाई १७ ग्राम लागुऔषध खैरो हिरोइनसहित सशस्त्र प्रहरीले शनिवार साँझ पक्राउ गरेको छ । स्तम्भ नम्बर ७८३र२ नजिकबाट कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडका २२ वर्षीय गोरखबहादुर बोगटी र बर्दगोरिया गाउँपालिका–३ बौनियाका २३ वर्षीय शारदा विकलाई सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुको साथबाट लागुऔषधसहित बा६८प ३१६९ नम्बरको मोटरसाइकल, नगद रकम चार हजार, बैंक चेक, मोबाइल झोला र भारतीय सीमकार्ड बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए । उनका अनुसार लागुऔषधसहित पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार ०८:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । देशभर उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले एक समारोहकाबीच काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत

गल्याङ । कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको  नगरपालिका–५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको

दाङ । दाङमा  गर्मी बढेपछि यहाँका विद्यालय बन्द गरिएका छन् । जिल्लाका विभिन्न स्थानीय तहले गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ५० हजार घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१