१४ जेष्ठ २०८०, आईतवार

आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन

२०७७,माघ,२५,आईतवार ०७:५९

0
Shares

दमौली । तनहुँमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन भएको छ । समितिको अध्यक्षमा विकास खनाल सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा विपिन प्रधान, सचिवमा किशन प्रधान, कोषाध्यक्षमा फूलमति थापा र सदस्यहरुमा रामचन्द्र खड्का, सुजन अधिकारी, सुजन श्रेष्ठ, अरूण श्रेष्ठ र सङ्गीता प्रधान चयन भएका छन् ।

आन्तरिक पर्यटन पुनरूथान समिति (गण्डकी प्रदेश)का संयोजक अग्नि कँडेल, सहसंयोजक सञ्जयकान्त सिग्देल तथा सदस्यसचिव विमल कँडेलको उपस्थितिमा समिति गठन गरिएको हो । कार्यक्रममा संयोजक कँडेलले तनहुँ जिल्लामा आन्तरिक पर्यटनसम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरी कोभिड–१९ बाट प्रभावित भएको पर्यटनलाई गतिशील बनाउनका लागि समिति गठन गरिएको बताए ।

निर्वाचित अध्यक्ष खनालले सबै स्थानीय तह, पर्यटन सङ्घसंस्थालगायतसँग समन्वय गरी आन्तरिक पर्यटनलाई माथि उकास्न पहल गरिने बताए । यसैबीच समितिको पहिलो बैठकले तीन जनालाई सल्लाहकारमा चयन गरेको छ । तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ, तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बैकुण्ठनाथ मिश्र र बन्दीपुर होटल व्यवसायी वैश गुरुङ सल्लाहकारमा चयन भएका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार ०७:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८ हजार

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । सरकारले यही जेठ १५ गते आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्दे छ । बजेट घोषणा हुनुअघि सरकारले

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८

ताजा समाचार

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०