२८ जेष्ठ २०८०, आईतवार

कुशलले डेब्यु गरेको खेलमा टिम आबुधाबी विजयी

२०७७,माघ,२४,शनिवार २२:०३

0
Shares

नेपाली क्रिकेट खेलाडी कुशल मल्लले डेब्यु गरेको टी– १० लिगमा उहाँ आवद्ध टिम आबुधाबी विजयी भएको छ । केहीबेर अघि सम्पन्न खेलमा टिम आबुधाबीले कलन्दर्सलाई २१ रनले पराजित गरेको छ ।

युनाइटेड अरब इमिरेट्स (युएई)को आबूधाबीमा जारी टी–१० लिगमा कलन्दर्सले टस जितेर फिल्डिङ रोेजेको थियो । टिम आबुधाबीले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा १२४ रन बनायो । एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको कलन्दर्सले १० ओभरमा पाँच विकेट गुमाउँदै मात्र १०३ रन बनाउन सक्यो । कलन्दर्सविरुद्धको खेलमा डेब्यु गर्दै नेपाली अलराउण्डर कुशल मल्लले १२ बलमा १८ रनको योगदान दिनुभयो । उहाँले यस क्रममा एक छक्का र एक चौका समेत प्रहार गर्नुभयो ।

यसअघिका दुई खेलमा टिम आबुधाबीले मल्ललाई खेल्ने अवसर प्रदान गरेको थिएन । मल्ल आज पौल स्र्टलिङ र लियोनार्दो जुलियनपछि तेस्रो नम्बरमा टिम आबुधाबीका लागि ब्याटिङ गर्न मैदानमा उत्रिनुभएको थियो । उहाँलाई सातौं ओभरको चौथो बलमा कलन्दर्सका मोहम्मद जिहादले पेभेलियन फर्काउनुभएको थियो । युएईमा जारी टी– १० लिगमा मल्लका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, सोमपाल कामी र करण केसीले खेलिरहनुभएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार २२:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज शनिबार इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान भिड्दै छन्

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल जित विहीन बनेको छ । म्यान्मारमा शनिबार तेस्रो तथा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् ।

काठमाडौं । बोसिया खेललाई प्रचार–प्रसार गर्ने उद्देश्यले ‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना गरिएको छ । अपाङ्गता भएका व्यक्तिका लागि नेपाल

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०