२०७७, २४ माघ शनिवार २१:२३

सलक्क परेको कपाल चाहनुहुन्छ ? यसो गर्नुहोस्


प्रकाशित मिति : २०७७, २४ माघ शनिवार २१:२३

अण्डाले तपाईंको स्वास्थ्यलाई मात्र राम्रो गर्दैन । यदि सहि तरिकाले प्याक बनाएर लगायो भने यसले कपाललाई सलक्क र चम्किलो बनाउँछ । आजकाल प्रदुषणका कारण मानिसहरुको कपाल रुखो र सुख्खा हुने गर्दछ । बजारमा पाइने अनेकौँ कस्मेटिक सामानहरुले गर्दा पनि कपाललाई झन् रुखो बनाउने गर्दछ ।

तपाईंको किचेनमा अण्डा त पक्कै हुन्छ । अण्डाको प्रयोगले तपाईंले आफ्नो कपाललाई नरम र सलक्क परेको बनाउन सक्नुहुनेछ । अण्डालाई हप्तामा एक पटक कपालमा लगाउनाले कपाल निकै राम्रो हुने गर्दछ । कपाललाई सलक्क परेको बनाउन अण्डाको प्रयोग कसरी गर्न सकिन्छ आउनुस् थाहा पाऔँ ।

१. अण्डाको प्याकः
अण्डामा निकै प्रोटिन हुने गर्दछ जसले कपाल टुक्रिन दिँदैन । आफ्नो कपाल राम्रो होस् भन्ने चाहनुहुन्छ भने अण्डा र क्रिमको प्याक बनाउनुहोस् र यसलाई कपालमा लगाउनुहोस ् । यो मिश्रणलाई एक घण्टा पछि पखाल्नुहोस् ।

२. अण्डा र स्याम्पुः
धेरैजसो मानिसहरु अण्डाको गन्धका कारण कपालमा लगाउन चाहँदैनन् । यदि यस्तो हो भने अण्डालाई आफ्नो स्याम्पुसँग मिसाउनुहोस् र यसले कपाललाई धुनुहोस् । यसो गर्नुभयो भने कपालले प्रोटिन पनि पाउँछ र कपाल बलियो पनि हुन्छ ।

३. अण्डा र हिनाः
कपाललाई बलियो, नरम र सलक्क बनाउन चाहनुहुन्छ भने अण्डालाई हिनासँग मिसाएर कपालमा लगाउनुहोस्, फरक आफैँले महसुस गर्नुहुनेछ ।
४. अण्डाः
अण्डालाई कचौरामा राखेर यसलाई ब्रसको सहायताले कपालमा लगाउनुहोस् । आधा घण्टापछि कपाललाई पखाल्नुहोस् । यसले तपाईंको कपाललाई नरम र सलक्क पार्दछ । अण्डाको गन्ध हटाउनका लागि राम्रो स्याम्पुको प्रयोग गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस