१४ जेष्ठ २०८०, आईतवार

‘मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार’

२०७७,माघ,२४,शनिवार २०:२५

0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार दृढतापूर्वक लागिरहेको बताएका छन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्प सरकारको गन्तव्य भएको स्पष्ट पार्दै त्यसलाई पूरा गर्न सरकार लागि परेको बताए ।

शनिबार काठमाडौंको थापागाउँस्थित लेखनकुञ्जमा आयोजित एक कार्यक्रमका बीच गायक नविन कार्कीको गिती एल्वम ‘नविन’को लोकार्पण गर्दै उनले गीत, संगीतको माध्यामबाट पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न सर्जकहरुलाई आग्रह गरे ।

‘मुलुकलाई समृद्ध बनाउने काममा सरकार दृढतापूर्वक लागि रहेको छ,’ मन्त्री गुरुङले भने, ‘सरकारको सो अभियानमा गीत, संगीतको क्षेत्रमा लागेका सर्जकहरुले सक्दो सहयोग पु¥याउनु पर्दछ ।’ उनले अहिलेको राजनीतिक परिस्थितिबाट विचलित नभई सर्जकहरुलाई अघि बढन पनि अनुरोध गरे । विचलित नभई निरन्तर लागि रहन सके गीत, संगीतलगायतका हरेक क्षेत्र समृद्ध भएर जाने उनको भनाई थियो । त्यस अवसरमा मन्त्री गुरुङले समाज परिवर्तनका लागि गायक कार्कीले गायनको क्षेत्रमा गरिरहेको प्रयासको पनि चर्चा गरे ।

एल्वममा स्वर्गीय रत्नशमशेर थापा, ज्ञानुवाकर पौडेल, डा. राजुुबाबुु श्रेष्ठ, देवेन्द्र केसी, रमेश दाहाल र पुस्करराज बुुढाथोकीको रचना रहेका छन भने वरिष्ठ संगीतकार शक्ति बल्लभ, गुरुदेव कामत र राजनराज शिवाकोटीले संगीत दिएका छन् ।

 

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार २०:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको विषय पुष्टि गर्न चुनौती दिएका छन् । उनीमाथि

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदमा उठेका गम्भीर विषयमा राजनीतिक नेतृत्वले ढाकछोप गरिरहेको टिप्पणी गरेका छन् ।

ताजा समाचार

यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०