१४ जेष्ठ २०८०, आईतवार

बादललाई वर्षमानको काउण्टरः जनताले गल्लीमा घिसार्ने चेतावनी

२०७७,माघ,२४,शनिवार १९:४०

0
Shares

नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले निरंकुश शासन चलाउन खोज्ने प्रधानमन्त्री केपी ओली र आफूहरुलाई चिडिया खानामा थुन्ने धम्की दिने गृहमन्त्री रामबहादुर थापा बादललाई आन्दोलन सफल भएपछि जनताले गल्लीमा घिसार्ने चेतावनी दिएका छन् ।

दमौलीमा शनिबार तनहुँका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले ओली–थापाको अन्त्य राज्य शक्ति र सत्ताको दुरुपयोग गरेर आफूसँग असहमत हुनेहरुलाई तह लगाउन खोज्ने इतिहासका तानाशाहहरुको जस्तै हुने उल्लेख गरे ।

ओली समूहले शुक्रबार राजधानीमा गरेको शक्ति प्रदर्शनमा गृहमन्त्री थापाले प्रचण्ड–नेपाल समूहलाई लक्षित गर्दै ‘मांशहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको चिडिया खानामा थुन्ने’ अभिव्यक्ति दिएका थिए । बादलले ओली सरकारमा तीन वर्षसम्म सँगै बस्दा जनसरोकारका विषयमा एक शब्द नबोलेको सन्दर्भ कोट्याउँदै पुनले अहिले आएर आफ्नै पूर्वसहकर्मीविरुद्ध मुख छाडेको भन्दै आक्रोश पोखे ।
ओली समूहलाई राज्यको साधनश्रोत दोहन गरेर गुटका कार्यकर्ता पोस्ने काम बन्द गर्न पुनले चेतावनी दिए । आफैंले निर्वाचन घोषणा गरेको सरकारले आचार संहिताविपरीत ७७ वटै जिल्लामा आफ्ना गुटका कार्यकर्तालाई सह–सचिव सरहका सुविधा पाउने गरी भूमि आयोगको नियुक्ति दिइएकामा आपत्ति जनाए । पुनले ओली समूहले व्यक्ति पिच्छे एकदेखि दुई हजार रुपैयाँ दिएर राजधानीमा मोटरसाइकल ¥याली गरेको पनि आरोप लगाए ।

 

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार १९:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको विषय पुष्टि गर्न चुनौती दिएका छन् । उनीमाथि

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदमा उठेका गम्भीर विषयमा राजनीतिक नेतृत्वले ढाकछोप गरिरहेको टिप्पणी गरेका छन् ।

ताजा समाचार

संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०