१४ जेष्ठ २०८०, आईतवार

राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

२०७७,माघ,२४,शनिवार १७:४३

0
Shares

कास्की । पोखरामा यही माघ २७ देखि फागुन १ गतेसम्म आयोजना हुने ‘प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक संस्था टाइगर ग्रुप अफ पोखराले आज (शनिवार) पोखरा रङ्गशालामा पत्रकार सम्मेलन आयोजना गरी रङ्गशालाभित्रको भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ चार गरी आठ टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने तय भएको ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा महिलातर्फ तीन विभागीय टोली सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा न्यू डाइमण्ड एकेडेमी काठमाडौंले प्रतिष्पर्धा गर्नेछन् भने पुरुषतर्फ आयोजक गण्डकी प्रदेश, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले उपाधिका लागि खेल्नेछन् ।

प्रतियोगिताका माध्यमबाट नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

‘राउण्ड रोविन लिग’का आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान एक लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेताले ७५ हजार र तृतीयले २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०-२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान पाँच हजारका दरले पुरस्कार प्राप्त गर्ने ग्रुपका सचिव प्रकाश बरालले जानकारी दिए ।

प्रतियोगितामा पहिलो चरणको खेलका लागि टिकट दर १०० तोकिएको छ भने सेमिफाइनलका लागि १५० र फाइनल खेलका लागि २०० रहेको छ । वर्षभरी नियमित खेलकूद प्रतियोगिता भइरहने पोखरामा कोभिड–१९ पछि लामो समय खेलकूद गतिविधि ठप्प रहेको थियो । गत मङ्सिर पहिलो सातादेखि सरकारले खेलकूद क्षेत्र खुला गर्ने निर्णय गरेपछि यहाँ खेल प्रशिक्षण शुरु भएकामा विस्तारै प्रतियोेगिता शुरु हुन लाग्दा खेलाडी तथा खेलप्रेमी उत्साहित भएका छन् ।

कोरोनाले फुटबल, भलिबललगायत खेलका प्रतियोगिता करीब नौ महिना रोकिएकामा माघ अन्तिमदेखि रङ्गशालामा प्रतियोगिताका धमाधम मिति तोकिएकाले खेलकूद चहलपहल बढेको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले बताए ।

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार १७:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालले आज आइतबार उज्वेकिस्तानसँग भिड्दै छ । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले उज्वेकिस्तानसँग भिड्न लागेको

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि हात पारेको छ । शनिबार राति भएको खेलमा

काठमाडौं । फिफा र एएफसीको प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) को पदाधिकारीसँग भेट गरेका छन् । एन्फाको कार्यसमिति सदस्य

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड

ताजा समाचार

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०