२२ जेष्ठ २०८०, सोमवार

पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सधैँ तयार छौँ : मन्त्री गुरुङ

२०७७,माघ,२४,शनिवार १५:००

0
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विगत र वर्तमान समयमा पत्रकारिता क्षेत्रमा जन्मिएका समस्याको समाधान गर्न सधैँ तयार रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ काठमाडौं जिल्ला शाखाको २२औँ साधारणसभा उद्घाटन समारोहमा उनले आफ्नै पालामा दीर्घकालिन रुपमा पत्रकारको समस्याको समाधान गर्ने बताएका हुन् ।

पत्रकार समाज रुपान्तरणको मुख्य अङ्ग भएकाले रचनात्मक तरिकाबाट जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै उनले पत्रकारले समाजमा सही सूचना प्रवाह गर्नका लागि मात्र आफ्नो कलम अघि बढाउन सुझाव दिए । आगामी वर्षको नीति तथा कार्यक्रमका लागि प्रतिनिधिमूलक ढङ्गबाट पत्रकारलाई छलफलमा बोलाइ कार्यक्रम अघि बढाउने पनि उनले बताए ।

विगतका वर्षमा जस्तै आगामी दिनमा पत्रकारले आफ्नो हकअधिकार स्थापित गर्नका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको कानूनीरुपमा नै अन्त्य गरिने उनको धारणा थियो । हाल पाँच करोड रहेको पत्रकार कल्याणकारी कोषका लागि पाँच करोड थपेर १० करोड बनाएर बहुवर्षीय कार्यक्रमका रुपमा अघि बढाउने पनि मन्त्री गुरुङले जानकारी गराएका छन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाले पत्रकार उपचार कोषका लागि सो शाखालाई १५ लाखको चेक हस्तान्तरण गरेको छ । नगर प्रमुख विद्यासुन्दर शाक्यले चेक हस्तान्तरण गर्दै समाज रुपान्तरण लागि मुख्य भूमिका निर्वाह गर्ने पत्रकारलाई सहयोग गर्न पाउँदा आफू खुशी रहेको बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा कलम चलाएका अग्रज पत्रकारलाई पुरस्कार वितरण एवं सम्मान गरिएको छ । सम्मान पाउनेमा राजेन्द्र स्थापित, शम्भु श्रेष्ठ, बलराम थापा, निर्मला शर्मा, देवेन्द्र चुँडाल, विश्वराज किरात, इन्द्र रिजाल, निरोधराज पाण्डे, ज्ञान उदास, ईश्वरीप्रसाल वाग्ले, टिवी विरही, गोपाल बुढाथोकी, दामोदरप्रसाद दवाडी र मानध्वज लामा रहेका छन् । कार्यक्रममा पत्रकारिता नामक स्मारिकाको विमोचना गरिएको थियो ।

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार १५:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले पहुँचका आधारमा बजेट विनियोजन गरिएको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०