२२ जेष्ठ २०८०, सोमवार

देशभर चिसो बढ्यो : कतै हिमपात, कतै धुम्म ! जाडोमा खानुहोस् यस्ता सुपरफूड

२०७७,माघ,२४,शनिवार १४:५६

0
Shares

काठमाडौं – देशभर हिजो (शुक्रवार)बाट धुम्मिएको मौसमका कारण आज (शनिबार) झनै चिसो बढेको छ । देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । केहि ठाउँमा भारी हिमपात भएको छ । यस्तो समयमा कस्ता खानेकुरा खाने त ? हामीले केहि त्यस्ता खानेकुराहरु यहाँ प्रस्तुत गरेका छौँ ।

तपाई हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ त्यस्ता फूडहरु बारेमा जसले जाडो मौसममा सजिलै हाम्रो स्वास्थ्यलाई स्वस्थ्य राख्न सहयोग गर्नुको साथै प्रतिरोधात्मक क्षमतामा पनि सुधार गर्न थाल्छ । यसलाई भनिन्छ – सुपरफूड ।  अर्थात् तागतिला खानेकुरा ।
यदि हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले राम्रोसँग काम गर्दछ भने, रोगहरुले तपाईलाई छुन सक्ने कारण हुँदैन ।
पुस लागेसँगै जाडो पनि अत्याधिक बढ्दो छ । यो मुटुकाम्ने जाडोमा पनि सुपरफुड हुन त्यो बदाम होस् वा ओखर वा काजु ती सबैमा ‘ओमेगा फ्याटी’ र धेरै खनिजहरु पाइने फूड हुन्, वैज्ञानिकका अनुसार तपाईको उर्जालाई बढाउने मात्र होइन शरीरलाई न्यानो पनि दिन्छ ।

जाडोमा तारेको र भुटेको खानेकुरा खाँदा पेटमा समस्या उत्पन्न हुन्छ ।

ती खानेकुराले शरीरलाई न्यानो र स्वस्थ्य राख्छन् र तौल पनि नियन्त्रणमा राख्छन् ।

मह र तातोपानी :
वजन घटाउनको लागि अनुहारको चमकदेखि शरीरका टक्सिन फाल्नको लागि सम्म मह र तातोपानी खानुपर्छ । हुन त सबैको घरमा सजिलै उपलब्ध हुने कुरा हो – मह । तातोपानीमा मह मिसाएर खाँदा हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । महमा मिनरल, भिटामिन, फ्लेभोनोइड्स र एन्जाइम भरपुर पाइन्छ । मनतातो पानीमा मह मिसाएर पिउँदा हाम्रो शरीरमा भएको विषाक्त पदार्थ शरीरबाट निस्कन्छन् साथै आन्द्रालाई पनि सफा राख्छ । यसको नियमित प्रयोगले तौल पनि घटाउँछ । यसले छाला पनि सुन्दर बनाउँछ ।

बदाम /आल्डमण्ड  :
बदाम दुई किसीमको हुन्छ । एकथरी बदाम हामी हाम्रै माटोमा पनि फलाउन सक्छौँ । अर्कोथरी बजारमा किन्न पाईन्छ । बदाममा म्यांगनिज, भिटामिन ई, प्रोटीन, ओमेगा ३ र ओमेगा ६ फ्याटी एसिड लगायत शरीरलाई अत्यावश्यक तत्व पाइन्छ ।

अझ आल्मण्ड बदामलाई राती भिजाएर बिहान खाँदा बढी फाइदा हुन्छ । यसको बोक्रामा टयानिन हुन्छ जसले शरीरको पोषक तत्वलाई कायम राख्न सहयोग गनुैका साथै शरीरलाई पनि तातो राख्न पोषण दिन्छ ।

ओटमिल :
ओटमिल एकदमै राम्रो बे्रकफास्ट हो । एकदमै कम क्यालोरी र पोषणले भरपुर यसको नियमित प्रयोगले तपाईको शक्ति दिन्छ । यसले शरीरबाट विषाक्त तत्व बाहिर निकालेर आन्द्रालाई समेत स्वस्थ्य राख्छ ।

मेवा :
आन्द्रालाई स्वास्थ्य राख्नुका साथै मेवाले पेटमा भएको अनेकौँ समस्यालाई हटाउँछ । खाली पेटमा मेवा खानु उत्तम हुन्छ । यसले कोलेस्ट्रोल घटाउनुका साथै तौल पनि घटाउँछ ।

अरु महत्वपूर्ण खानेकुरा के के हुन् ? 

ल्वाङ, सुकुमेल, दालचीनि, एक टुक्रा अदुवा एक टुक्रा लसुन, एक चिम्टी बेसार राखेको पानी तातो बनाएर पिउने ।

बेलाबेलामा ग्रिन टिको सेवन गर्ने पानी प्रशस्त पिउने ।

बजारिया, प्लाष्टिकमा प्याक गरिएका, रङ हालिएका, बासी, खानेकुरा नखाने

पर्याप्त पानी, फलफूल र सागपातको सेवन गर्ने ।

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार १४:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) डे मनाइएको छ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०