२२ जेष्ठ २०८०, सोमवार

ट्याक्सीमा गरेको लगानी सुरक्षित गर्न माग गर्दै व्यवसायी आन्दोलित

२०७७,माघ,२४,शनिवार १४:४४

0
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित भएका छन् ।
आज (शनिवार) आफ्ना ट्याक्सी सहित र्याली निकालेका व्यवसायीहरुले बैज्ञानिक भाडादर कायम गर्न सरकार सँग माग गरेका छन् ।

यस्तै व्यवसायीहरुले बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य बन्द गरिनुपर्ने पनि माग गरेका छन् । वैज्ञानिक भाडादर कायम गर्दै राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको संरक्षण गर्नुपर्ने माग गर्दै ट्याक्सी व्यवसायी आन्दोलित भएका हुन् ।

राष्ट्रिय पुँजीको लगानी भएको ट्याक्सीको संरक्षण गरि व्यवस्थित गरिनुपर्ने, वैज्ञानिक भाडादर कायम गरिनुपर्ने र बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्ने लगायतका माग राख्दै शान्तिपूर्ण ट्याक्सी र्‍यालीको आयोजना गरिएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय अध्यक्ष पूर्णलाल मोक्तानले बताए ।

ट्याक्सी क्षेत्रलाई धरासायी बनाउने अवैध गतिविधि बन्द गरिनुपर्ने माग पनि राखिएको छ । ट्याक्सी व्यवसायीहरु नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा काठमाडौ उपत्यकाको बिभिन्न स्थानबाट र्याली सहित माइतिघर मण्डलामा भेला भएका थिए ।

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार १४:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले पहुँचका आधारमा बजेट विनियोजन गरिएको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०