१४ जेष्ठ २०८०, आईतवार

प्रतिबद्धताअनुसार काम नभए कान समातेर उठबस गर्न तयार : बाँस्कोटा

२०७७,माघ,२४,शनिवार १३:१६

0
Shares

काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने बताएका छन् ।

बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई आज शनिवार सम्बोधन गर्दै उनले निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गरेका छन् ।

उनले गत निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसारको काम नभए जनतासामु ‘कान समातेर उठबस’ गर्न तयार रहेको बताए । “विकास र राजनीतिका विषयमा प्रतिपक्ष बनेकाले मेरोजति सामना गर्नु तयार हुनु”, नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले थपे ।

उनले आफ्नै सांसद पद खुस्केजस्तो सरकारविरुद्ध सडकमा स्वार्थी ‘कम्युनिष्टधारी’ले कोकोहोलो मच्चाएको ओरोप लगाए ।

कार्यक्रममा बनेपा नगरप्रमुख लक्ष्मी नरसिंह वादे, नेकपाका जिल्ला नेता चन्द्रबहादुर थापा, मुक्ति विष्ट, आत्माराम थापालगायतले विकासको मेरुदण्ड नेकपा नै रहेको बताए । सो अवसरमा पार्टी वडा कमिटी तथा जनवर्गीय सङ्गठनको तदर्थ समिति घोषणा गरिएको थियो ।

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार १३:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको विषय पुष्टि गर्न चुनौती दिएका छन् । उनीमाथि

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदमा उठेका गम्भीर विषयमा राजनीतिक नेतृत्वले ढाकछोप गरिरहेको टिप्पणी गरेका छन् ।

काठमाडौँ । नागरिक अगुवाहरुले नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपति रामचन्द्र पौडेलमाथि दवाव बढाएका छन् । नागरिक अगुवाहरु साध्यबहादुर, भण्डारी, डा

ताजा समाचार

संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०