२६ जेष्ठ २०८०, शुक्रवार

काभ्रेमा खानेपानी आयोजनाको ९७ प्रतिशत काम सकियो

२०७७,माघ,२४,शनिवार ०९:४५

0
Shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक उपत्यका एकीकृत खानेपानी आयोजनाको काम ९७ प्रतिशत सकिएको छ । खानेपानीको समस्याबाट गुज्रिएका काभ्रेपलाञ्चोकका धुलिखेल, बनेपा र पनौतीका बासिन्दाले अब केही महिनामै चौबिसै घण्टा स्वच्छ खानेपानी पाउने भएका छन् ।

तीन नगरका करिब ९३ हजार बासिन्दालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले दश वर्षअघि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी)बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया शुरु गरिएको हो । सन् २०१० अक्टोबर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब एक अर्बमा सम्पन्न हुने जनाइएको छ । आयोजनाको रिजर्भवायर ट्याङ्की निर्माण र पाइप ओछ्याउने लगायतका भौतिक पूर्वाधारको काम सम्पन्न भएको आयोजनाका सामुदायिक विकास अधिकृत कृष्णप्रसाद कायस्थले जानकारी दिए ।

कायस्थका अनुसार भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि हाल पनौतीको शारदादेवी स्थानमा पानी पु¥याइएको छ । पानी वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम गर्ने योजना रहेको उनले बताए । उनले भने, “मुख्य तथा अन्य पाइपलाइनको परीक्षण गर्ने समय तालिका मिलाउँदै छौँ, त्यसपछि घरमा धारा जडानका लागि अपिल गर्ने योजना छ ।” आयोजनाअन्तर्गत अन्तिम चरणमा तीनै नगरमा हाल सञ्चालित खानेपानी आयोजना तथा उपभोक्ता समितिमार्फत वितरण भएको पानीको पाइपमा नयाँ खानेपानीको पाइपजडान गर्ने (इन्टर कनेक्सन) गरिनेछ ।

तीन नगर र सडक विभागले सडक विस्तारका क्रममा कतिपय स्थानमा खानेपानीको पाइप फुटेकाले खानेपानी अयोजनाको काममा ढिलाइ भएको बताइएको छ । आयोजनाअनुसार क्षति पु¥याएका नगर र विभागले नै बनाइदिने छन् । तीन नगरमा एक हजार ११४ इन्टर कनेक्सन गर्नुपर्नेमा हाल ६०० भन्दा बढीमासो काम भइसकेको आयोजनाले जनाएको छ । उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन फिल्टर मिडिया जडानको कामसमेत बाँकी छ ।

चिनियाँ ठेकेदार कम्पनी निम्वो निङसिङ इन्टरनेशनल इङ्कले एक महिनाभित्र काम सकाउने जनाएको छ । आयोजना सम्पन्न भएपछि सन् विसं २०२४ सम्मको लागि तीन नपाका करिब ९३ हजारको लागि ‘नेपाल स्टायण्डर्ड’को पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाउने जनाइएको छ । “अबको केही महिनामा तीन नगरका जनताले स्वच्छ पिउने खानेपानी पाउँदै छन्, यो निकै सुखद् विषय बन्नेछ”, धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले भने । उनका अनुसार विविध कारणले आयोजनाको काम केही वर्ष धकेलिएको हो । यस आयोजनालाई तत्कालीन अवस्थामा एडीबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाको रुपमा हेरिएको थियो । आयोजनाको कूल लागत भ्याट बाहेक ९९ करोड ८ लाख ७ हजार ८२१ रहेको छ ।

आयोजनाको कूल लागतको ५० प्रतिशत रकम नेपाल सरकार र एशियाली विकास बैंकवाट अनुदान, ३५ प्रतिशत रकम नगर विकास कोषबाट ऋण विसं २०६९ असारमा लिइएको छ । बाँकी १५ प्रतिशत रकम भने तीनवटै नगर र स्थानीय उपभोक्ताबाट ब्यहोरिने छ । वार्षिक पाँच प्रतिशत ब्याज तोकिएको उक्त ऋणको साँवा र ब्याज तीनवटै नगरबाट २० वर्षभित्र चुक्ता गरी सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार ०९:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा कम्पनीका अध्यक्ष सुभाष

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबार लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८२ पैसा र

प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि तय गरिएको संघीय संसद

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१