२८ जेष्ठ २०८०, आईतवार

कांग्रेससम्बद्ध भ्रातृ संस्थाले आज देशभर प्रदर्शन गर्दै

२०७७,माघ,२४,शनिवार ०९:०७

0
Shares

काठमाडौं । नेपाली कांग्रेससम्बद्ध भ्रातृ संस्थाले आज शनिवार देशभर विरोध प्रर्दशन गर्ने भएका छन्। प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध नेपाल ट्रेड यूनियन कांग्रेससहित १८ शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा विरोध प्रर्दशन गर्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

आज दिउँसो १२ बजे देखि १२ः३० बजेसम्म काठमाडौंको टुँडिखेललगायत देशभर कालोपट्टीसहित मानव साङ्लो बनाएर प्रर्दशन गरिने कांग्रेसले जनाएको छ। बिहीवार नेकपाको दाहाल–नेपाल समूहले गरेको नेपालबन्दप्रति समेत लक्षित गर्दै जनतालाई दुःख नदिएर कांग्रेस शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको प्रवक्ता शर्माले विज्ञप्ती जारी गर्दै बताएका छन् ।

‘नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्तिविरुद्ध कांग्रेस संसद् र सडक दुवै ठाउँमा सालीन ढंगले प्रस्तुत हुँदै आयो। अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं’, विज्ञप्तिमा भनिएको छ, ‘संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ़ छौं। विघटन विरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपील समेत गर्न चाहन्छौं।’

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार ०९:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको दाबी गरेका छन् । डा. राउतले

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन आवश्यक भएको बताएका छन् ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिहीन भएको बताएका छन् । नेपाल

 दोधारा चादनी । कञ्चनपुरका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा जुटेका छन् । यहाँका सात नगरपालिका र दुई

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०