१४ जेष्ठ २०८०, आईतवार

चितवनमा ५६ कुष्ठरोगी थपिए

२०७७,माघ,२४,शनिवार ०८:५३

0
Shares

चितवन । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको छ महिनामा जिल्लामा ५६ कुष्ठरोगी थपिएका छन् । ६८ औ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रवार यहाँ आयोजित कुष्ठरोग तथा हात्तीपाइले अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार भेटिएका रोगीहरु मध्ये सबैभन्दा वढी भरतपुर महानगरका छन् । इच्छाकामना गाउँपालिकामा भने रोगी नभेटिएको उनले बताए । भरतपुर महानगरपालिकाको नारायणी नदी किनारमा बढी कुष्ठरोगी भेटिएको कार्यालयले जनाएको छ ।

अहिले जिल्लामा नयाँ सहित कुष्ठरोगीको संख्या १ सय १६ पुगेको छ । उनीहरुले नियमित औषधि सेवन गर्दै आएको उनको भनाइ छ । चितवन कुष्ठरोग निवारणको तर्फ लागेको उनले बताए । द लेप्रोसी मिसन नेपालको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा गत आर्थिक बर्षमा ६० जना नयाँ रोगी भेटिएको जानकारी दिइएको थियो ।

कुष्ठरोगीहरुको जिविको पार्जनका लागि जिल्लामा ६ वटा सहकारी संस्थाबाट काम भईरहेको जानकारी दिइयो । यो रोग माइट्रो व्याक्टेरीया लेप्रो नामक सुक्ष्म किटाणुबाट सर्ने गर्दछ । अहिले जिल्लामा १० हजार जनामा एक जनालाई रोग देखिने गरेको तिवारीले बताए । सो संख्या घट्दो क्रममा रहेको छ ।

कुष्ठरोग लागेका बिरामीहरुले नियमित एक वर्ष सम्म औषधि खुवाउनु पर्ने हुन्छ । शरिरको कुनै भागमा छुँदा थाहा नपाउनु, रातो फुस्रो दागहरु देखिनु, हात खुट्टा झमझमाउनु, अनुहार र कानको लोति बाक्लो हुनु र गिर्खाहरु देखिनु यसका लक्षणहरु हुन ।

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार ०८:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन्

गण्डकी । सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे)

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान शुरु गरेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको)

काठमाडौं । ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न

ताजा समाचार

यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०