२८ जेष्ठ २०८०, आईतवार

यी हुन् आइपीएल अक्सनमा परेका ८ नेपाली खेलाडी

२०७७,माघ,२३,शुक्रवार २१:१९

0
Shares

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) को फेब्रुअरी १८ मा भारतको चेन्नईमा हुने खेलाडी अक्सनमा ८ नेपाली खेलाडी सुचिकृत भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइपिएल अक्सनका लागि ८ नेपाली खेलाडी सुचिकृत भएको जानकारी दिएको छ ।  आइपिएल अक्सनका लागि सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेस्वाकर, अविनाश बोहोरा र दीपेन्द्र सिंह ऐरी सुचिकृत भएका छन् ।

आइपिएल अक्सनका लागि कुल १०९७ खेलाडी सुचिकृत भएको आइपिएल गभर्निंग काउन्सिलले जानकारी दिएको छ । जसमा ८१४ भारतीय खेलाडी रहेका छन् बहने २८३ विदेशी खेलाडी रहेका छन् ।

विदेशबाट अक्सनमा सुचिकृत हुने खेलाडीहरुमा वेस्टइन्डिजबाट ५६, अस्ट्रेलियाबाट ४२, दक्षिण अफ्रिकाबाट ३८, श्रीलंकाबाट ३१, अफगानिस्तानबाट ३०, न्यूजील्याण्डबाट २१ खेलाडी रजिस्टर भएका छन् ।

नेपालबाट अहिलेसम्म सन्दीप लामिछाने मात्र आइपिएल खेलेका छन् । तीन सिजन दिल्ली क्यापिटलबाट खेलेका सन्दीपलाई यस सिजनमा दिल्लीले रिलिज गरेपछि उनी पनि अक्सनमा गएका हुन् ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार २१:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज शनिबार इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान भिड्दै छन्

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल जित विहीन बनेको छ । म्यान्मारमा शनिबार तेस्रो तथा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् ।

काठमाडौं । बोसिया खेललाई प्रचार–प्रसार गर्ने उद्देश्यले ‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना गरिएको छ । अपाङ्गता भएका व्यक्तिका लागि नेपाल

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०