२६ जेष्ठ २०८०, शुक्रवार

विद्यार्थी परिषद् बाग्मती प्रदेशकाे दाेश्राे अधिवेशन शुरू

२०७७,माघ,२३,शुक्रवार २०:३०

0
Shares

काठमाडौँ– प्राज्ञिक विद्यार्थी परिषद् नेपाल बाग्मती प्रदेशकोे दोस्रो प्रदेश अधिवेशन धादिङ जिल्लाकाे नीलकण्ठमा शुक्रवारबाट सुरु भएको भएको छ।

नेपाल संस्कृत विश्वविद्यालयका डिन प्रा. डा. काशीनाथ न्याैपानेकाे प्रमुख आतिथ्यमा उद्घाटन भएको अधिवेशनमा बाग्मती प्रदेश अध्यक्ष डा. दयाराम भुषाल , प्रदेश सचिव रमेशराज भण्डारी , अखिल भारतीय विद्यार्थी परिषद् राष्ट्रिय महामन्त्री निधि त्रिपाठी, निलकण्ठ नगरपालिकाका मेयर भीम ढुङगाना , स्वागत समिति अध्यक्ष महेन्द्र धमला, स्वागत समिति सचिव शाैरभ शर्मा नगर अध्यक्ष बद्री प्रसाद काेइराला, नगर सचिव सजिना श्रेष्ठ लगाय अन्य अतिथि विद्यार्थी परिषद्का संगठन सचिव, नारायण प्रसाद ढकाल, सह संगठन सचिव रमेश कण्डेल, लगायत विद्यार्थी परिषद्का प्रमुख कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियोे ।

दुई दिनसम्म चल्ने प्रदेश अधिवेशनकाे उद्घाटन सत्रमा कार्यक्रम विशिष्ट नीलकण्ठ नगरका नगर प्रमुख भीम ढुङगानाले धन्यवाद सहित स्वागत गरेका थिए । साथै उनले विद्यार्थी परिषद् अबकाे दिनमा नेपालकाे नेतृत्व उत्पादन गर्ने शक्तिकाे रूपमा विकास हुने र विकासका लागि साथ र सहयोग गर्ने कुरा व्यत्त गरेका थिए ।

त्यसैगरी, अर्का विशिष्ट अतिथि अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय महामन्त्री निधि त्रिपाठीले विद्यार्थी परिषद्का कार्यकर्ताले पृथ्वीनारायण शाहकाे कला काैशल तथा सन्देशलाई अनुसन्धान गरी त्यसलाई देश निर्माणमा  लागु गर्न सुझाए।

साथै कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृति विश्वविद्यालयका अनुसन्धान निर्देशक प्रा.डा.काशीनाथ न्याैपानेले विद्यार्थी परिषद् ७७ वटै जिल्लामा पुगेकाे र प्रदेशकाे दाेश्राे अधिवेशन सम्पन्न गर्ने अवस्था पुगेकाेमा अत्यन्तै हर्षित भएको कुरा व्यत्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि डा. काशीनाथ न्याैपानेले विद्यार्थी परिषद्काे स्थापना कालकाे अध्यक्ष स्वयंम भएकोले त्यस समयकाे विद्यार्थी परिषद् र आजकाे विद्यार्थी परिषद् देख्दा अत्यन्तै खुसी लागेकाे र अबकाे समय विद्यार्थी परिषद्कै समय रहेकाेले परिषद्ले नै याे देशकाे नेतृत्व गर्ने कुरामा कुनै संका नभएको बताए ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार २०:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्ताव लगायत विषयमा आज राजनीतिक दलसँग परामर्श गरेको छ । आयोगले निर्वाचन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली समाजमा चर्को रुपमा भ्रष्टाचारको नाङ्गो रुप देखिएको बताएका

काठमाडौं । स्वच्छ पिउने पानी र सरसफाईलाई थप व्यवस्थित गर्न देशभरिका अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

काठमाडौं । पूर्वअर्थमन्त्री तथा सांसद जनार्दन शर्माले पछिल्लो १० वर्षका बजेटको समीक्षा गर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३